हनीप्रितलाई यस्तो प्रश्न सोधेका थिए प्रहरीले

हनीप्रितलाई यस्तो प्रश्न सोधेका थिए प्रहरीले

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २० असोज ।

भारतका कुख्यात ‘बलात्कारी बाबा’ राम रहीमकी कथित छोरी हनीप्रीतलाई हरियाणा प्रहरीले मंगलबार पंजाबबाट पक्राउ गर्यो । यसअघि उनी प्रहरीको नजरबाट बच्दै आएकी थिइन् । यसपाली भने पंचकुल भन्ने स्थानबाट १० किलोमिटर दूरीमा उनलाई पक्राउ गरियो । उनी केहीअघि मिडियामा आएकी थिइन् । त्यस लगत्तै उनी पक्राउ परिन् ।

हनीप्रीतलाई सोधिएको प्रश्न

– के प्रहरीले छापा मार्नेबारे जानकारी पाइएको थियो ? यदि हो भने, कसको माध्यमबाट ? यदि होइन भने बाइमेर, श्रीगंगानगर, रामसर मोडिया, उदयपुर युपी, दिल्लीमा छापा मार्नुअघि कसरी भाग्यौ ?

– पंचकुलमा दंगा गराउनका लागि कति पैसा पठाएका थियौ ? त्यसमा खास रोल कसको थियो ?

– दंगा गराउनमा गुरमीत (राम रहीम) को के भूमिका थियो ?

– डेराका ४५ सदस्य कमिटीमा सामेल व्यक्तिको के रोल थियो ?

– रोहतकको सुनारिया जेलबाट बाहिर निस्किएपछि किन प्रहरीको सम्पर्कमा नआएको हो ?

हनीप्रीतको जवाफ

– हनीप्रीतसँग इन्टरनेसनल नम्बर थियो, जसलाई उनले प्रयोग गरिन् र उनले वाट्सएप कल गरिन् ।

– हनीप्रीत २५ अगस्टमा आदित्य, पवन, रोहताशको सम्पर्कमा थिइन् । उनीहरुसँग वाट्सएपमा कुरा भएको थियो । हनीप्रीतले कहिले पनि सिम्पल कलिङको प्रयोग गरिनन् ।

(एजेन्सीको सहयोगमा)

Logo