अभिनेत्री ऐश्वर्या राय यसरी आकर्षक देखिएकी हुन्

अभिनेत्री ऐश्वर्या राय यसरी आकर्षक देखिएकी हुन्

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १९ असोज ।

बलिउड अभिनेत्री ऐश्वर्य रायको सुगठित शरीर त्यसबेला भद्दा देखिन्थ्यो, जतिबेला उनी गर्भवती थिइन् । स्वभाविक हो, गर्भावस्थामा हरेक महिलाको शरीरमा असामान्य परिवर्तन देखिन्छ । गर्भावस्थामा पर्याप्त खानपान गर्नुपर्ने तर शारीरिक रूपमा उत्ति धेरै सक्रिय हुन नहुने भएकाले पनि महिलाको शरीर मोटाउने गर्छ । यसको अपवाद कसरी हुन सक्छिन्, पूर्व विश्व सुन्दरी ऐश्वर्या ?

उनी पनि मोटाइन् । शरीर भद्दा देखियो । तर, बच्चालाई जन्म दिइसकेपछिको समयमा उनले आफूलाई मेन्टेन गर्दै गइन् । र, आफ्नो फिगरलाई पुरानै अवस्थामा फर्काइन् । जसै आफ्नो भद्दा शरीरलाई सुडौल एवं स्लिम बनाइन्, फिल्ममा समेत खेल्न भ्याइन् । बच्चाकी आमा भइसकेपछि उनले जज्बा, ए दिल है मुश्किल जस्ता फिल्मबाट कमब्याक गरिन् ।

कसरी ऐश्वर्याले आमा बनिसकेपछि पनि आफ्नो शरीरको तौल घटाइन् ? कसरी आफ्नो सौन्दर्य कायम राखिन् ?

खानपान

गर्भावस्थापछि ऐश्वर्याले स्वस्थ्य भोजन–योजनामा सबैभन्दा बढी ध्यान दिइन् । उनले सन्तुलित खानेकुरा लिइन् । उनको आहार योजनामा अक्सर प्रोटिन, पोषक तत्व र कम बोसोयुक्त चिज सामेल थियो । ऐश्वर्यले धेरैजसो उसिनेको सब्जी सेवन गरिन् ।

नास्ता

नास्ताको समयमा उनी सबैभन्दा पहिला एक गिलास पानी वा जुस सेवन गर्छिन् । त्यसपछि एउटा टोस्ट लिन्छिन्, जुनचाहिँ ब्राउन ब्रेड र ओट्सले बनेको हुन्छ । उनी दूध पिउन कहिल्यै भुल्दिनन् । ऐश्वर्या दिनमा ८–१० गिलास पानी पिउँछिन् ।

मध्यान्हको भोजन

उनको मध्यान्हको खानामा उसिनेको सब्जी हुन्छ, जो सजिलै पचाउन सकिन्छ । उक्त सब्जी पोषक तत्वले भरिपूर्ण हुनुपर्छ र बोसोयुक्त हुनुहुँदैन । कहिलेकाहीँ उनी एक कचौरा दाल र चिया पनि लिन्छिन् ।

रातको खाना

उनी राती एकदमै हल्का खाना खान्छिन् । ऐश्वर्याको रातको खानामा एक कप ब्राउन राइस र ग्रिल्ड फिश हुन्छ । ब्राउन चामलमा उच्च फाइबर हुन्छ र सेतो चामलको तुलनामा त्यो निकै लाभदायक हुन्छ । साथै ग्रिल्ड फिशमा आवश्यक प्रोटिन, ओमेगा थ्री, फ्याटी एसिड हुन्छ ।

यसका साथै ऐश्वर्या कुनै बोसोयुक्त, जंक फुड, तारेको भुटेको खानेकुरा खाँदिनन् । बरु, फल, हरियो सब्जी, ताजा रस पिउन मन पराउँछिन् ।

ऐश्वर्याको फिटनेस

ऐश्वर्याले आफूलाई फिट एन्ड फाइन राख्नका लागि नियमित व्यायाम गर्ने गरेकी छिन् । उनी जिम जाने र हल्का व्यायाम गर्छिन् । उनी पुश–अप, पुल–अप, क्रन्च्स आदि गर्छिन् । उनको दिनचर्या बिहान हिँड्ने वा जगिङपछि सुरु हुन्छ । त्यसपछि उनी ४५ मिनेटका लागि पावर योग समेत गर्छिन् । कहिलेकाहीँ उनी घरमा कार्डियोका साथै क्रियात्मक प्रशिक्षण पनि गर्छिन् । (एजेन्सीको सहयोगमा)

  

Logo