रौतहट, १९, असोज

नुमना बस्ती बनाएर घर दिने भएपछि रौतहटका बस्तीका दलितहरुले धुर्मुस -सुन्तली भगवान बनेर आएको बताएका छन् । "/>

धुर्मुस-सुन्तली मान्छे होइनन् , भगवान् हुन् -सन्तपुरवासीले यसो भने

धुर्मुस-सुन्तली मान्छे होइनन् , भगवान् हुन् -सन्तपुरवासीले यसो भने

केन्द्रबिन्दु
0
Shares

रौतहट, १९, असोज

नुमना बस्ती बनाएर घर दिने भएपछि रौतहटका बस्तीका दलितहरुले धुर्मुस -सुन्तली भगवान बनेर आएको बताएका छन् । वर्षौं देखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४५ घर दलित परीवारले माघ देखि सुबिधायुक्त घर तथा सफा र सुन्दर बस्तिमा बस्न पाउने भएपछि उनीहरु खुसी छन्।

धुर्मसको जन्मदिनको अवसर पारेर असोज ४ गते बस्तिको शिलान्यास गरीएको थियो । अहिले बस्तिका पुराना र जीर्ण झुपडीहरु हटाउने काम भैरहेको छ । गरीवलार्इ सहयोग गर्न र घर नै बनाइदिन आएका धुर्मुस सुन्तली मानिस नभएर भगवान नै भएको बस्तिका शैलेन्द्र माझी मुसहरले बताए। खान लगाउन नै सधैं समस्या हुने गरीवको उद्धार भएकोले गाउँमा भगवान आइपुगेको भन्दै बस्तिकी बसन्ती देवी ले खुशी व्यक्त गरेकी छिन्। सो दलित बस्तिमा करीव ५ करोड ७५ लाखको लगानीमा नमुना बस्ती बनाउन लागिएको हो। जीर्ण झुपडीमा बस्दै आएका माझी, मुसहर, दुसाद, लोहार र हजामका ४५ परीवारका लागी फाउन्डेशनले घर निमार्ण गर्न लागेको अध्यक्ष तथा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले बताएका छन्। बस्तीमा ४५ वटा आवासिय घर, एक मन्दिर, सार्बजनिक धारा सामुदायिक भवन र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेत निर्माण हुने फाउण्डेशनका परियोजना संयोजक अर्जुन न्यौपानेले जानकारी दिएका छन् । उनका अनुशार यस फाउण्डेशनबाट निर्मित यो चौथो एकिकृत वस्ती हो ।
अन्नपूर्णपोष्टबाट

Logo