यस्ता व्यक्तिको गरिन्छ निःशुल्क उपचार, दीपिकादेखि विराटसम्म हुन् क्लाइन्ट

यस्ता व्यक्तिको गरिन्छ निःशुल्क उपचार, दीपिकादेखि विराटसम्म हुन् क्लाइन्ट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ असोज ।

अहिले हामीकहाँ (नेपालमा) चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । उपचारको क्रममा आफ्नो लापरबाहीले रोगीको मृत्यु भएमा त्यसको सम्पूर्ण खर्च चिकित्सकले नै ब्यहोर्नुपर्ने चर्चा चलेसँगै उनीहरू त्यसको विरोधमा उत्रिएका हुन् । तर, कतिपय चिकित्सक यस्ता पनि हुन्छन्, जो लापरवाहीको जिम्मेवारी लिने मात्र होइन परेको अवस्थामा निःशुल्क उपचार गर्न समेत राजी हुन्छन् ।

छिमेकी भारतको प्रसंग हो यो । बिहार राज्यको सीवान जिल्लामा बस्ने चिकित्सक राजीव कुमार सिंह निमुखा रोगीको सित्तैमा उपचार गरिदिन्छन् । खासगरी पैसाको अभावमा उपचार गर्न नपाएकाहरूलाई उनी निःशुल्क उपचार गर्छन् ।

उनीहरूले राज्यभरका युवा फिजियोथेरापी डाक्टरको नेटवर्क बनाएका छन् । त्यहीमार्फत निमुखा रोगीको उपचार घरमै बोलाएर गरिदिन्छन् । त्यसका लागि उनीहरूले मिस्ड कल नम्बर जारी गरेका छन् । त्यसमा मिस्ड कल गरेपछि चिकित्सकले फोन गर्छन् र रोगीको अवस्थाबारे जानकारी लिन्छन् । त्यसपछि आवश्यक उपचार गरिदिन्छन् ।

यी दयालु चिकित्सकले आफ्नो कर्मबाटै नेम र फेम कमाएका छन् । उनीकहाँ बलिउड सेलिब्रेटी समेत धाउँछन् । दीपिका पादुकोणदेखि विराट कोहलीसम्म उनका क्लाइट हुन् ।

यी चिकित्सकले थुप्रै अवार्ड समेत हात पारेका छन्, देश विदेशबाट ।

(एजेन्सीको सहयोगमा)

Logo