जुना प्रसाईको घोषणा (भिडियो वार्ता)

जुना प्रसाईको घोषणा (भिडियो वार्ता)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ असोज ।

झापाको चारपानेमा जन्मिएकी जुना प्रसाई आज नेपाली सांगीतिक आकाशमा छाएको पनि डेढ दशक भइसकेको छ । आज भन्दा १५ बर्ष अघि रेडियो नेपालबाट संगीतको मेलो समाएकी जुना आज बर्षमा ४/५ वटा देश गीत गाउनकै लागि पुग्ने गर्छिन् । सुरुवाती दिनमै नदेखेको भए हुन्थ्यो तिमीलाई बोलको गीत गाएर आफ्नो करियर शुरु गरेकी जुनाले त्यसयता कहिल्यै पछि फर्कनु परेन ।

आफ्नै शब्दमा स्वर दिएर मोडलिङसमेत गरेकी जुना आगामी दिनमा गायिकामै खुशी भेट्ने गरेको बताउछिन् । भर्खरै नयाँ गीत रेकर्ड गरेको बताएकी जुनाले केही समयमै भिडियो रेकर्ड गर्न लागेको बताएकी छिन् । प्रस्तुत छ, उनीसँगको भिडियो वर्ता ।

Logo