आज नेपाल आइडलको ग्राण्ड फिनाले

आज नेपाल आइडलको ग्राण्ड फिनाले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६ असोज । कतारमा आज साँझ हुने नेपाल आइडलको ग्राण्ड फिनालेवाट पहिलो नेपाल आइडलको छनोट गरिने भएको छ ।

एसएमएस र एप भोटिङको आधारमा ग्राण्ड फिनालेमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामा विच आज अन्तिम भोटिङ प्रतिस्पर्धा भएको थियो । नेपालका विभिन्न शहरहरुमा ६ महिना अघि देखि अडिसन भएर नेपाल आइडल शुरु भएको थियो । जसवाट विभिन्न चरण पार गराउदैं टप १८ मा नयाँ प्रतिभाका गायकहरुलाई प्रस्तुत गरिएको थियो । संगीतकार न्ह्यु बज्राचार्य, कालिप्रसाद बासकोटा र गायीका इन्दिरा जोशीले प्रारम्भिक चरण देखि गायक गायिकाहरुको छनोट गर्दै ल्याएका थिए । एसएमएस भोटिङ चरणमा नेपाल आइडलको प्रतिस्पर्धा चलेपछि निर्णायकहरु भन्दा दर्शकको भोटिङले महत्वपूर्ण भुमिका खेलेको थियो ।

आज हुने नेपाल आईडलको ग्राण्ड फिनालेमा टप टेनमा पुगेका सबै प्रतिष्पर्धी र नेपाली कलाकारहरुले प्रस्तुती दिने छन् । नेपालवाट गएका कलाकार र प्रतियोगीलाई दोहाको कर्निसमा रहेको पाँचतारे बेष्ट होटलमा उच्च सुरक्षाका साथ राखीएको छ । संचारमाध्यमका प्रतिनिधीहरुलाई छिटफुट भेटघाट गर्न मात्र दिईएको छ ।

क्यानडामा रहेको ईभेन्ट म्यानेजमेन्टले ब्यवस्थापन हेरेको यो कार्यक्रम एपिवान टेलिभिजनले नेपाली समय अनुसार शुक्रवार साँझ पौने ९ बजे देखि प्रत्यक्ष प्रसारण गर्ने छ । नेपाल आईडलको उपाधि जित्ने गायकलाई २० लाख रुपैंया नगद पुरस्कार, महिन्द्राको केयुभी र १५ लाख बराबरको भिडियो र एल्बमको कन्ट्रयाक पाउने छन् । यसैगरी दोस्रो हुने गायकले १५ लाख रुपैंया र तेस्रो हुनेले १० लाख रुपैंया पाउने छन् ।

कतारवाट तिलु शर्मा पौडेलको सहयोगमा

Logo