मञ्जुको ‘दामी छ रेन्त…’ सार्वजनिक

मञ्जुको ‘दामी छ रेन्त…’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 
काठमाडौँ, ५ असोज । गायिका मञ्जु पौडेलको ‘दामी छ रेन्त…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 
 
स्टेज क्वीनका रुपमा समेत परिचीत मञ्जु पौडेल स्टेज कार्यक्रम सञ्चालन गरेर आम दर्शक तथा श्रोतामा परिचीत छिन् । सञ्चारकर्मबाट यस पेशामा छिरेकी मञ्जुले मधु साश्रुले लेखेको गीत गाएकी छन् । सफल संगीतकार सन्तोष श्रेष्ठले आफ्नो स्थापित शैलीबाट हटेर निकै आकर्षक रुपमा यो गीत तयार पारेका हुन् भने एरेञ्जर गोपाल रसाइलीले पनी फरक खालको एरेञ्ज यसमा गरेका छन् ।
 
गत बुधबार एक कार्यक्रमको आयोजना गरी गीत सार्बजनिकरण गरिएको छ । समारोहमा प्रमुख अतिथी शम्भुजित बाँसकोटाले ‘प्ले’ बोलेर गीत सार्बजनिकरण गरिएको हो । प्रमुख अतिथीको आसनबाट बोल्दै संगीतकार शम्भुजीत बाँस्कोटाले गायिका, संगीतकार एवं गीतकार देखी गीतका सम्पुर्ण टीमलाई शुभकामना दीए । कार्यक्रमकी अतिथी कोमल वलीले सञ्चारकर्ममा राम्रो गर्दै आएकी मञ्जुको गायन यात्रा पनि उज्ज्वल भएको बताइन् ।
 
त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले ‘गीत’ कसरी सिर्जीत भयो र कसरी राम्रो बन्न गयो भन्ने कुरा प्रष्ट्याएका थिए । निर्देशक कलाकार दीपाश्री निरौला, लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले गीतप्रति शुभेच्छा ब्यक्त गरे । छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न यस कार्यक्रममा सभापतिको आशनबाट बोल्दै शान्तिप्रियले गीतको प्रशंशा गरे । यो गीतले गायिका मञ्जु पौडेल र संगीतकार सन्तोष श्रेष्ठलाई नयां परिचय दीलाउने बताए । कार्यक्रममा गायिका मञ्जु पौडेलले राम्रो गीत गाउन पाएकोमा खुशी व्यक्त गरिन । 
 
सार्बजनिकरण कार्यक्रममा गीतको म्यूजिक भिडियो देखाइएको थियो । गीतमा मञ्जु पौडेलकै छोरी स्नेहा पौडेललाई फिचरीङ गरिएको छ । गीतकार सम्पादक निशान घिमिरे हुन् भने छायंकार दुर्गा पौडेल हुन् ।
 

Logo