बलिउड अभिनेत्रीहरू, जसले बिहे नगर्दै गर्भ बोके

बलिउड अभिनेत्रीहरू, जसले बिहे नगर्दै गर्भ बोके

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डटकम । ३ असोज ।

श्रीदेवी

अहिले बलिउडमा जान्ह्वी कपुर लाइमलाइटमा छिन् । जान्ह्वीकी आमा श्रीदेवी आफ्नो जमानाकी चर्चित हिरोइन् हुन् । उनै सक्रिय हिरोइन हुँदै ताका अविवाहित अवस्थामै गर्भवती भएकी थिइन् ।

प्रसंग अमेरिकाबाट सुरु हुन्छ । श्रीदेवीकी माता अमेरिकामा उपचाररत थिइन् । त्यसबेला निर्माता–निर्देशक बोनी कपुरले श्रीदेवीलाई खुपै सहयोग गरे । श्रीदेवी पग्लिइन् । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग विवाह गरेर सबैलाई अचम्मित तुल्याइदिइन् । किन उनले यति गुपचुप र हतारमा विवाह गरिन् त ? कौतुहल जाग्ने नै भयो । पछि थाहा भयो, उनी विवाहअघि नै गर्भवती भएकी थिइन् । श्रीदेवी स्वयमले यो कुरालाई स्वीकार गरेकी छिन् ।

महिमा चौधरी


महिमा चौधरी सुभाष घईको फिल्म ‘परदेश’मा आफ्नो करियर सुरु गर्दै थिइन् । उनको वास्तविक नाम ऋतु चौधरी हो । घई ठान्छन्, ‘म’ शब्दबाट नाम सुरु हुने हिरोइन उनको लागि फलिफापयुक्त हुने गर्छन् । त्यही कारण उनले ऋतुलाई महिमा बनाइन् । महिमाले २००६ मा अचानक बबी मुखर्जीसँग विवाह गरिन् । त्यस समय उनीसँग केही फिल्म पनि थिए । उनले यसरी अचानक बिहे गर्नुमा उनी पहिले नै गर्भवती भएको बताइन्छ । विवाहको केही महिनापछि उनले छोरी जन्माइन् ।

अमृता अरोरा


मलाइका अरोराको दाम्पत्य जीवन टुटिसकेको छ । सलमानका भाइ अरबाज खानसँगको दाम्पत्यलाई हालै उनले बिट मारेकी हुन् । उनै मलाइकाकी बहिनी अमृताको बिजनेसम्यान शकीलसँग रोमान्स चलिरहेको थियो । उनले तुरुन्तै विवाह गरिन् । हल्ला के छ भने, उनी विवाहको बेला गर्भवती थिइन् । विवाह लगत्तै अमृताले खुलासा गरिन्, ‘म आमा बन्नेवाला छु ।’

नीना गुप्ता


नीना गुप्ताले त सबैलाई आश्चर्यमा पार्दै खुलासा गर्दैभनिन्, ‘म गर्भवती छु ।’ त्यसबेला उनको बिहे भएकै थिएन ।

नीनाले आफ्नो गर्भमा हुर्कदै गरेको बच्चाका पिताको नाम समेत खुलाइन् । बच्चा जन्मियो पनि । पछि थाहा भयो, वेस्ट इन्डिजका एक सर्वकालीन महानतम क्रिकेट खेलाडी सर भिभियन रिचर्ड्स ती नवजात बच्चाका पिता हुन् ।
(एजेन्सीको सहयोगमा)

Logo