‘न्यूह बज्राचार्यले मुख खोले नभन्नुहोला, है !’ (भिडियो संवाद)

‘न्यूह बज्राचार्यले मुख खोले नभन्नुहोला, है !’ (भिडियो संवाद)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ असोज ।

चर्चित टेलिभिजन शो नेपाल आइडलका एकजना जज न्यूह बज्राचार्यले हामीसँग खुलेर कुराकानी गरे । प्रस्तुत छ, उनीसँगको भिडियो वार्ता…….

भिडियो वार्ताको बुँदागत सार

– नेपाल आइडललाई सबैले मन पराउनुभएको छ, यो शोले पाउनुपर्ने माया पाएको छ तर हामी (जज)ले पाउनुपर्ने क्रेडिट पाइएन जस्तो लागेको छ ।

– नेपाल आइडल प्रोग्राम भव्य बनाउने चक्करमा केही कुरामा चुकेकै हो ।

– भविष्यका बारेमा कसैलाई थाहा हुन्न, मलाई पनि मेरो फ्युचरका बारेमा थाहा छैन । नेपाल आइडल बन्नेको फ्युचर उसैले बनाउने हो ।

– नेपाल आइडल भएको सिंगर कसरी टिक्ने, त्यो उसले सोच्ने कुरा हो ।

– अहिलेका टप सिंगरहरूलाई पनि उनीहरूको फ्युचरबारे थाहा छैन ।

– नेपाल आइडलका कारण म्युजिक सुन्ने इन्भायोरनमेन्ट बनेको छ । जबकि अहिले फ्रीमा सिडी दिँदा पनि मानिसहरूले सुन्न छोडिसकेको अवस्था थियो ।

– विदेशी टेलिभिजन च्यानलमा रमाउनेहरूलाई नेपाल आइडलले आकर्षित गर्न सफल भयो । त्यसले नेपाली टेलिभिजन च्यानलको भ्युअर्स बढेको छ ।

– हाम्रै फिल्डका मानिसमा नेगेटिभिटी देख्दा बडो दु:ख लाग्छ ।

– फ्रेन्चाइजवालाहरूले जसरी पनि म हुनुपर्छ भनेपछि रातारात अमेरिकाबाट फर्किएँ । अनि त्यसअनुरूप नै समय मिलाएँ ।

– म आफैंलाई थाहा नभएको धेरै कुरा नेपाल आइडल स्टार्ट भएपछि थाहा भयो । मेरो तलबका बारेमा पनि थाहा नभएको कुरा थाहा पाएँ ।

– सबै अनलाइन च्यानलले मुख खोले, पोल खोले भनेर इन्टरभ्यु पोस्ट गरे तर न्यूह बज्राचार्यले मुख खोले नभन्नुहोला है ।

– जजका लागि हामी उपयुक्त लाग्यौं होला त्यही भएर हामीलाई छनौट गरियो । अब नेक्स्ट सिजनमा अरू निर्णायकहरूको पालो आउला नि ।

– थर्ड क्लास सोच्नेहरूले गर्दा अनावश्यक नेगेटिभिटी फैलिएको हो ।

– यहाँ भाइरलको बहानामा जे पनि भनिन्छ ।

– निम्नस्तरको सोच राख्ने र नेगेटिभ कमेन्ट लेख्नेहरू मुर्कुट्टा हुन् ।

– नेपाल आइडलमा सहभागी कतिपय प्रतिस्पर्धीहरूको कथाले मनमा छोएको थियो । झक्कड थापालाई बिर्सन सकेको छैन ।

– हामीले सबैलाई नेपाल आइडल बनाउन सक्दैनथ्यौं । नेपाल आइडल हुने एकजना नै हो । यो तीनजनामा पनि एकजनाले सबैलाई पछि पार्ने हो ।

– म्युजिकमा लाग्नेहरूले सबै कुरा फेस गर्न सक्नुपर्छ ।

– यस्तो रियालिटी शोको अलि अलि कन्ट्रोभर्सी हुनु स्वभाविकै हो ।

– म्युजिक लभर भएको ठाउँमा प्रतिभाशाली गायकले जित्दा जात विशेषको कारण जित्यो भन्दा उसमाथि अन्याय हुन्छ ।

– कहिलेकाहीँ म आफैंलाई पनि किन मैले यस्तरी घुरेर हेरेको होला जस्तो लाग्छ । एकाग्रताका कारण त्यस्तो देखिएको हो । म्युजिक सुन्ने क्रममा एकोहोरो भएर हेर्दा घुरेर हेरेको जस्तो हुने रहेछ ।

– आइडल सिरिजको फम्र्याट अनुसार नै हामी गएका छौं ।

– आफ्नै फ्युचर थाहा छैन, अरूको फ्युचर कसरी हामी बनाउन सक्छौं ?

– अहिलेका यी प्रतिभाशाली युवा पुस्तालाई कसरी अघि बढ्ने राम्रोसँग थाहा छ ।

– नेपाल आइडलको टप टेनभित्र नपरेका गायक गायिका पनि भोलिका दिनमा नेपालका लोकप्रिय र चर्चित गायक गायिका बन्न सक्छन् ।

 

Logo