आमिर खानबारे यस्ता रोचक तथ्य

आमिर खानबारे यस्ता रोचक तथ्य

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असोज ।

भारतीय फिल्म उद्योग बलिउडका ‘मिस्टर पर्फेक्निस्ट’ आमिर खान अहिले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को छायांकनमा छन् । केही समयअघि डेंगु लागेको खबरसँगै गुपचुप भएका उनी फेरि फिल्मको सेटमा देखा पर्न थालेका छन् । 

त्यसो त अहिले बलिउडमा उनको छोरा पुस्ताको आगमन भइसकेको छ । तर, दोस्रो पुस्तामा पनि उनैको हालीमुहाली छ । जस्तोसुकै भूमिकामा पनि आफूलाई जीवन्त रूपमा उतार्न सक्ने आमिरका फिल्मले हो, नयाँ–नयाँ कीर्तिमान बनाउने । कतिसम्म भने, आमिरको नाममै त्यस्तो चुम्बकीय आकर्षण छ, जसले दर्शकलाई हलसम्म तान्ने सामथ्र्य राख्दछ । 

अहिले आमिर ५२ वर्षमा टेकेर अगाडि बढ्दै छन् । उनी मुम्बईमा जन्मिएका हुन् । 

– जब उनी किशोरवयका थिए, तब उनले फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई) मा भर्ना हुने इच्छा देखाएका थिए । 

– यद्यपि उनका पिताले त्यसका लागि इजाजत दिएनन् । किनभने उनी चाहन्थे, आमिरले पढाइमा ध्यान केन्द्रित गर्न सकून्् । 

– ताहिर हुसेनका अनुसार, बाबु छोराको त्यसबेला तर्क–वितर्क चलेको थियो । त्यस क्रममा आमिरले भनेका थिए, ‘जो डाक्टर बन्न चाहन्छ, ऊ मेडिकल कलेज जान्छ । म डाइरेक्टर बन्न चाहन्छु त्यसैले मलाई एफटिआइआईमा भर्ना हुन दिनुहोस् ।’

– आमिरले त्यस क्रममा पितालाई कन्भेन्स गर्दै भनेका थिए, ‘यो धेरै राम्रो इन्स्टिच्युट हो, जसलाई सरकारले पनि इजाजत दिएको छ ।’ 

– आखिरमा ताहिरले आमिरलाई त्यस इन्स्टिच्युटमा भर्ना हुन दिए, तर एउटा सर्तमा । सर्त चाहिँ आफ्नो काका नासिर हुसेनको सहायक भएर काम गर्नुपर्ने । 

– पिताको सल्लाह अनुसार आमिरले काका नासिरसँग ‘मंजिल–मंजिल’ र  ‘जबरजस्त’ गरी दुई फिल्ममा सहायक निर्देशकको काम गरे । 

– आमिरले आदित्य भट्टचार्यको सर्ट मुभीमा पनि सहायक निर्देशकको काम गरे । 

– आमिरको अभिनय यात्रा आठ वर्षको उमेरबाट भएको हो, जब उनी काका नासिर हुसेनको फिल्म ‘यादों की बारात’ मा बाल कलाकारका रूपमा भर्ना भए । 

– १८ वर्षको उमेरमा उनले ‘सुबह–सुबह’ फिल्ममा वयस्कको भूमिका निर्वाह गरे । एफटिआइआईको यो डिप्लोमा फिल्म रिलिज भने भएन । यसै क्रममा आमिरले केतन मेहताको फिल्म ‘होली’का लागि साइन गरे । 

– होली सन् १९८४ मा रिलिज भयो । 

– १९९८ मा आमिरले मंसुर खानले निर्देशन गरेको फिल्म ‘कयामत से कयामत तक’ मा मुख्य भूमिका निर्वाह गरे । यही फिल्मबाट उनको करियर उकालो ग्राफमा चढेको हो । 

– कयामत से कयामत तकबाट आमिर एकाएक सुपरस्टार भए । यस फिल्मको बजेट एकदमै कम थियो । त्यसैले आमिरले एक्टर भएर पनि उक्त फिल्म प्रचारको लागि पोस्टर टाँस्दै हिँडेका थिए । 

– त्यति मात्र होइन, आमिरले मानिसहरूलाई भन्थे, ‘यो फिल्मको हिरो मै हुँ ।’

– क्यामत से कयामत तकका लागि आमिरले फिल्म फेयरको बेस्ट डेब्यु एक्टर अवार्ड पाए । 

अहिले आमिर दुई बर्षको अन्तरमा एउटा फिल्म ल्याउँछन् । तर, कुनै बेला यस्तो थियो, जतिबेला उनी एकै वर्षमा पाँच वटासम्म फिल्म खेल्थे । १९९० मा उनका पाँचवटा फिल्म सार्वजनिक भएका थिए  । ‘दिल’ बाहेक उनका सबै फिल्म फ्लप भए । 

आमिरले २००१ म आशुतोष ग्वारेकरको फिल्म ‘लगान’मा मुख्य भूमिका निर्वाह गरे । ‘मदर इन्डिया’, ‘सलाम बम्बे’ पछि यो फिल्म ओस्कार अवार्डमा (बेस्ट फरेन ल्याङ्वेज क्याटगोरी)मा नोमिनेट भएको थियो । अहिलेसम्म यस फिल्मबाहेक अरूलाई यस्तो अवार्ड मिलेको छैन । (एजेन्सीको सहयोगमा)

Logo