डेंगुपछि आमिर खानको डरलाग्दो हुलिया

डेंगुपछि आमिर खानको डरलाग्दो हुलिया

केन्द्रबिन्दु
0
Shares

‘आमिर खानलाई डेंगु’ । केहि समयअघि यस्तै खबर फैलिएको थियो । त्यसपछिका दिनहरुमा उनी सार्वजनिक भएनन् । कुनैपनि इभेन्टमा आमिर देखिएनन् । हालै भने उनको तस्विर बाहिर आएको छ, त्यो देखेर तपाई जिब्रो टोक्नु हुन्छ ।

तस्विरमा आमिर व्यस्त सडकमा छन् । उनको आसपासमा मानिसको भिड छ । त्यही भिडमा उनी यस्तो हुलियामा देखिए कि, जसलाई आमिर भनेर कसैले ठम्याउन सक्दैनथे ।
लामो दाह्री, अव्यवस्थित कपाल, फाटेको कपडामा धुस्रोफुस्रो अमिर किन भिडमा मिसिए ?

खासमा मिस्टर परफेक्शनिस्ट आमिर यतिबेला आफ्नो आगमी फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को छायांकनमा छन् । यहि फिल्मको सेटबाट यो तस्बिर लिक भएको हो । यसमा उनको हुलिया डरलाग्दो देखिएको छ । आमिरको यो फोटो शोसल मिडियामा एकदमै भाइरल भएको छ ।

फिल्ममा उनको रोलको बारेमा खासै जानकारी त छैन, तर उनको लुक अजिबको देखिन्छ । यस्तो लुक देखेपछि दर्शकमा कौतुहलता भने बढेको छ ।

Logo