यस्तो छाडा गीत कसरी भाइरल हुदैछ ?

यस्तो छाडा गीत कसरी भाइरल हुदैछ ?

केन्द्रबिन्दु
0
Shares

अहिले सोसल मिडियाको जमाना छ । यहि माध्यामबाट कोहि रातारात ‘हिरो’ हुन सक्छन् । जस्तो कि, ओमप्रकाश मिश्रा । यी भारतिय युवा अहिले शोसल मिडियामा छाएका छन् । कारण यस्तो छ, उनले भद्दा गीत गाएका छन् । अर्थात त्यो गीत जो सुकैले सुन्न असहज हुन्छ । तर, त्यही गीतले यिनी रातारात हिट भएका हुन् ।

उनको गीत अहिलेसम्म युट्युवमा तीन मिलियन भन्दा बढीले हेरिसकेका छन् । यद्यपी गीतको बोल एकदमै अश्लिल छ । गीतको सुरुवात यस्तो छ, ‘बोल ना आन्टी आऊ क्या ।’ त्यसपछिको हरफहरु इहा“ लेख्न सकिदैन । भनिहालौ, हालैमात्र दिल्लीको कनाट प्लेसमा हजारौले भेला भएर एकसाथ यो गीत गाइरहेका थिए । त्यहा“ केटाहरु मात्र होइन, केटीहरु समेत चर्को आवाजमा सोहि गीत भट्याइरहेका थिए । जसै यो गीत भाइरल हुदैछ, त्यसलाई निषेध गर्नुपर्ने माग पनि उठिरहेको छ ।

को हुन् ओमप्रकाश ?

गीतको भिडियोमा देखिने र गीत गाउनेको नाम हो ओमप्रकाश मिश्राा । उनी भिडियोमा दुब्लो पातलको देखिएका छन् । चस्मा लगाएका छन् । कानमा बाला, हातमा ब्रासलेट र गलामा चेन लकेट छ । यसो हेर्दा कुनै ¥यापर जस्तो देखिन्छ । उनले यो गीत दुई बर्षअघि नै गाएका थिए । युट्युवमा दुई बर्ष यता खासै यो गीतले हलचल मच्याएन । तर, कसैले फेसबुकमा यो गीत शेयर गरेपछि त्यो भाइरल भएको हो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Logo