यसरी हुँदैछ भोलि ‘मिस काभ्रे २०१७’ प्रतियोगिता

यसरी हुँदैछ भोलि ‘मिस काभ्रे २०१७’ प्रतियोगिता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ भदौ ।

‘बौद्धिकतासहितको सौन्दर्य’ भन्ने नाराका साथ काभे्रका युवतीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पछिल्ला केही वर्षदेखि हुँदै आइरहेको ‘मिस काभ्रे’ को नवीनतम संस्करणको तयारी जोडतोडका साथ अगाडि बढिरहेको छ ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा हुने यो प्रतियोगितामा १६ देखी २२ वर्ष उमेर समूहका अविवाहित युवतीहरूको सहभागिता छ ।


मिस काभ्रे २०१७ भनिएको यस वर्षको आयोजना यस प्रतियोगिताको नवौं संस्करण हो । यसको तयारी अन्तिम चरणमा पुगेको छ र यो तयारी काभ्रेपलान्चोक जिल्लाको बनेपामा भैरहेको छ ।

काभ्रे जिल्लाको धुलिखेल, नाला, बनेपा पाँचखाल, पनौती, भैसीपाटी, साँगा भकुण्डे, शंखु आदि ठाउँबाट प्रतिस्पर्धीहरूले आवेदन फारम भरेका थिए जसमध्ये उत्कृष्ट १० जना फाइनलका लागि छनोट भएका छन् ।


अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका संस्थापक निर्देशक राज फैजुले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा व्यक्तित्व विकास, एक्टिङ, डान्स, उद्घोषण आदिका बारेमा प्रतियोगीहरुले प्रशिक्षण लिइरहेका छन् ।

प्रतियोगिताअन्तर्गतको फोटोसुट ग्लामरस आइकन नेपालबाट सम्पन्न भैसकेको छ । यसबाट मिस फोटोजेनिक, पर्सनालिटी र स्माइल अवार्डको छनोट गरिने छ ।
यसबीचमा आयोजक र प्रतियोगीहरूको तर्फबाट गोंगबुँस्थित मानव आश्रममा विभिन्न सामाग्रीका साथै खाने कुरा पनि वितरण गरिएको थियो ।

मिस काभ्रे प्रतियोगिताका विजेताहरूलाई विभिन्न विज्ञापनहरूमा मोडलिङको अवसर र नगद पुरस्कारका साथै विभिन्न संस्थाबाट छात्रवृत्ति प्रदान गरिने जानकारी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले दिएका छन् ।


अहिले फाइनल प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेका लागि व्यस्त छन् ।

कार्यक्रमको फिनाले भोलि भदौ ३१ गते बनेपास्थित अरनिको सभा भवनमा आयोजना हुँदैछ ।

 

Logo