३० केजी तौल घटाएर कसरी यस्ती भइन् सेलिब्रेटी डाक्टर

३० केजी तौल घटाएर कसरी यस्ती भइन् सेलिब्रेटी डाक्टर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ भदौ ।

उनी बलिउड सेलिब्रेटी होइनन् । तर, ग्ल्यामर दुनियाँमा उनको छुटै राप छ । उनी हुन्, सपना व्यास पटेल ।

सपनालाई चिनाउने दुई विशेषण छन्, एक त उनी गुजरातका नेता एवं पूर्वमन्त्री जयनारायणकी छोरी हुन् । अर्कोचाहिँ फिटनेस ट्रेनर । 

उनी किन चर्चित भइन् ? यसमा पनि दुई कारण छन् । एक त उनी कामुक तस्बिरहरू सामाजिक संजालमा सेयर गरिरहन्छिन् । अर्कोचाहिँ उनी यस्ती उदाहरण हुन्, जसले अस्वभाविक एवं भद्दा शरीरलाई स्लिम र आकर्षक बनाइन् ।

सपनाको तौल ८३ केजी थियो, जब उनी १९ वर्षकी थिइन् । तर, यति भद्दा शरीरलाई उनले खानपान, व्यायामको माध्यमबाट स्लिम बनाइन् । सपनाले विगतको भन्दा ३० केजी तौल घटाएकी हुन् । 

– सपनाले डाइट कन्ट्रोल, कार्डियो एक्सरसाइजका साथै वेट ट्रेनिङ खासगरी टेनिस खेलेर आफ्नो तौल कम गरिन् । 

– सपनाका अनुसार, तौल कम गर्न जिम धाएर पैसा खर्च गर्नु पर्दैन । 

– उनका अनुसार, तौल कम गर्न दैनिक एक घण्टा हिँड्ने र ४५ मिनेट अन्य व्यायाम गर्नुपर्छ । 

– अब उनी युट्युबमार्फत मानिसलाई फिटनेस ट्रेनिङ दिनेछिन् । 

– सपनाको फेसबुकमा ४ लाख बढी फलोअर्स छन् र इन्स्टाग्राममा १२ लाख ।

– उनले युट्युव च्यानल पनि चलाउँछिन् । यस च्यानलका करिब दुई लाख सब्सक्राइबर छन् । 

– सपनाले अहमदाबादको इन्डियन म्यानेजमेन्ट एकेडेमीबाट लाइफस्टाइल ब्रान्ड म्यानेजमेन्टमा पिएचडी गरेकी हुन् ।   (एजेन्सीको सहयोगमा)

Logo