बाबाको गुफामा सेक्रेट टनेल, साध्वीको आवाससम्म पुगिन्थ्यो

बाबाको गुफामा सेक्रेट टनेल, साध्वीको आवाससम्म पुगिन्थ्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ भदौ ।

त्यसो त छिमेकी भारतमा अजब–गजब घटना घटिरहन्छ । अहिले बाबा गुरमित राम रहिमलाई पक्राउ गरेपछि अझ अनौठा रहस्योद्घाटन हुन थालेका छन् । भारतीय मिडियाको लागि बाबासँग सम्बन्धित खबर बिकाउ कन्टेन्ट बनेको छ ।

यसैबीच अहिले अर्को पर्दाफास भएको छ । साध्वीलाई बलात्कार गरेको आरोपमा सजाय काटिरहेका राम रहिमको डेरा सच्चा सौदामा हिजो शनिबार दिनभर करिब ८ घण्टा खोततलास भयो ।

त्यस क्रममा बाबाको आवासमा सेक्रेट टनेल अर्थात गोप्य सुरुङ फेला पारे । त्यो सुरुङ बाबाको शयन कक्षदेखि सीधै साध्वीको आवासमा पुगिन्थ्यो ।

बाबाले आफ्नो घरलाई गुफा भन्ने गरेका थिए । यो १२ एकड क्षेत्रमा फैलिएको छ । यसमा डेरा सच्चा सौदाका प्रमुख बस्थे ।

त्यस्तै त्यहाँ फाइबर टनेल पनि भेटिएको थियो, जो माटोले भरिएको थियो । त्यो टनेल पनि साध्वीको कोठासँग जोडिएको थियो । यसका साथै त्यहाँ अवैध रूपमा पटका बनाउने कारखाना पनि फेला पारियो ।

यसै गरी अर्को एउटा सुरुङ पनि पत्ता लागेको छ जसको ढोका सीधै महिला छात्रावासमा गएर खुल्थ्यो । प्रहरीले छापा मारेर यी र यस्ता अन्य रहस्य पर्दाफास गरिरहँदा बाबा गुरमितसँग सम्बन्धित अनेक कागजपत्र जलाइसकिएको फेला परेको थियो । (एजेन्सीको सहयोगमा)

 

Logo