काठमाडौँ, २४ भदौ । गत साता नेपाल आइडल आयोजकले प्राप्त कुल मत सार्वजनिक गरे पनि प्रतियोगीको मत सार्वजनिक नगरेपछि ठूलो बिरोध भयो । "/>

निशानको भन्दा बुद्धको भोट करिब ३ लाखले बढी, कसको भोट कति ? (हेर्नुहोस सूची)

निशानको भन्दा बुद्धको भोट करिब ३ लाखले बढी, कसको भोट कति ? (हेर्नुहोस सूची)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २४ भदौ । गत साता नेपाल आइडल आयोजकले प्राप्त कुल मत सार्वजनिक गरे पनि प्रतियोगीको मत सार्वजनिक नगरेपछि ठूलो बिरोध भयो । बिरोध यतिधेरै ब्यापक बन्यो कि जिल्ला अदालत काठमाडौँले भोट गणना नगर्न अन्तरिम आदेश नै दियो । तर शुक्रबार अदालतले यो मुद्धा खारेज गरेपछि नेपाल आइडललाई पहिले जसरी नै कार्यक्रम संचालन गर्न बाटो खुल्यो ।

शुक्रबारको शृंखलामा एक प्रतियोगी सागर आले आउट भए । यो संगै नेपाल आइडलमा सबै प्रतियोगीले पाएको भोट सार्वजनिक भएको छ । आयोजकले अदालतलाई बुझाएको विवरण अनुसार सबैभन्दा बढी भोट बुद्ध लामाले प्राप्त गरेका छन् भने सबैभन्दा कम भोट निशान भट्टराईले पाएका छन् ।

लामाले सबैभन्दा बढी ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । जसमा एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत र अनलाइनबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका हुन् । त्यस्तै दोश्रो स्थानमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । जसमा एसएमएसबाट ७ लाख १४ हजार ९ सय ९९ मत  र अनलाइनबाट १ लाख ७८ हजार ३ सय ४८ मत रहेका छन् ।

सबै भन्दा चर्चामा रहेका निशान भटराईले सबै भन्दा कम ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । जसमा एसएमएसबाट प्राप्त मत ५ लाख ३ सय ३१ र अनलाइनबाट प्राप्त मत ३ लाख ७१ हजार १४९ मत रहेका छन् । शुक्रबार बाहिरिएका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् ।  

निशान भट्टराई र बुद्ध लामाको भोट अन्तर २ लाख ७४ हजार ५८ भोट रहेको छ । बुद्ध लामा र दोश्रो स्थानमा रहेका प्रताप दासको भोट अन्तर २ लाख ५२ हजार १९१ रहेको छ । यहि अनुपातमा भोट प्राप्त भएको खण्डमा बुद्ध लामाको नेपाल आइडल बन्ने सम्भाबना बढी छ तर भोटिंगमा जे पनि नहोला भन्न सकिन्न । दोश्रो स्थानमा भने निशान भट्टराई र प्रदाप दासको भोट अन्तर धेरै छैन ।

Logo