आयुसमान र आशिरमान भन्छन् –‘गे’ फिल्म खेल्छौं ।’

आयुसमान र आशिरमान भन्छन् –‘गे’ फिल्म खेल्छौं ।’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ भदौ ।

करिअर बनाउने बेलामा यौनका बिषयमा फिल्म खेल्न जति कलाकारहरु कम्पिटिसन गर्छन् स्टारडम पाइसके पछि भने हच्किने गर्छन् । यौन कथामा बनेका फिल्म खेलेर करिअर डुवाउने कलाकार यही कलिउडमै छन् भने सेक्स स्क्याण्डलको सामना गरेर पनि चर्चित भएका कलाकार पनि यही छन् ।

यौन प्रधान कथामा बनेको फिल्म खेलेर करिअर डुब्दैन भन्ने साहस देखाउन कलिउडका ब्याचलर दाजु भाई चाहन्छन् भन्दा धेरैलाई नौलो लाग्न पनि सक्छ ।
अनस्क्रिन र अफस्क्रिनमा राम्रै महिलाहरुको फ्याँन फलोअर कमाएका देशराज ब्रदरले हामीसंगको भेटमा आफुहरु पुरुष समलिंगी अर्थात् गे क्यारेक्टरको भूमिका निभाउन चाहेको बताए ।

चपली हाईट टुवाट डेब्यु गरेका आयुश्मान् र ग्याङस्टार ब्लुजवाट कलिउडको फिल्म नगरीमा आएका आशिरमान्लाई हामीले सोध्यौ– तपाईंहरु कस्तो फिल्ममा सँगै अभिनय गर्न चाहानुहुन्छ ? उनीहरुले प्रष्टसँग भने ‘हामी गे फिल्म खेल्न चाहान्छौं ।’

युवतीहरुको धेरै फ्यान फलोइङ भएका यी दाजुभाइले यस्तो फिल्ममा अभिनय गर्न पाएभने फ्यान घटाउलानी ? हामीले अर्को जिज्ञासा राख्यौं । तर, सहज ढंगले आशिरमानले भने –‘घटाउँदैन ।’ आखिर यी दुई दाजुभाइ किन गे फिल्म खेल्न चाहान्छन् त ? यस्को अड्कल गर्ने जिम्मा तपाईहरुलाई नै ।

 

Logo