नेपाल आइडललाई बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

नेपाल आइडललाई बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २३ भदौ । काठमाडौं जिल्ला अदालतले ‘नेपाल आइडल’ विरुद्ध दायर भएको रिट खारेज गरेको छ। न्यायधिस दिवाकर भट्टको इजलासले रित खारेज गरेको हो ।

यसअघि अदालतले पछिल्लो भोट गणना नगर्न अन्तरिम आदेश जारी गरेको थियो । रित खारेज भएसंगै अब नेपाल आइडल आफ्नो कार्यक्रम पूर्व निर्धारित रुपमा अघि बढाउने बाटो खुलेको छ।

आइडलविरुद्ध अधिवक्ता यज्ञमणि न्यौपानेले मुद्दा दायर गरेका थिए। गत साताको नेपाल आइडलमा निर्णायकहरुले आफ्नो ‘पावर’ प्रयोग गरि ‘नो इलिमिनेशन डे’ घोषणा गरेका थिए । आज एक जना प्रतियोगी प्रतिस्पर्धाबाट बाहिरिने छन् ।

Logo