सुरक्षाकर्मीको खुलासा : हामीलाई पहरा बस्न लगाएर बाबा किशोरी रेप गर्थे

सुरक्षाकर्मीको खुलासा : हामीलाई पहरा बस्न लगाएर बाबा किशोरी रेप गर्थे

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २१ भदौ ।

बाबा गुरमीत राम रहीमको सेक्स स्क्यान्डलदेखि जेल चलानसम्मको प्रसंगले अहिले भारतीय मिडिया तताएको छ । रहस्यमयी बाबाका सुरक्षाकर्मी रहिसकेका बेअन्त सिंहले बाबाका केही गोपनीयता चुहाइदिएका छन् । उनले भने, १९९५ देखि १९९६ मा माउन्ट आबुमा एक टेन्टमा गुरमीत सिंहले १५–१६ वर्षकी किशोरीलाई बोलाए । त्यसबेला ती किशोरी टेन्ट बाहिर पहरा दिइरहेकी थिइन् ।

किशोरी टेन्ट भित्र गइन् । तर, राम रहीमले उनीमाथि बलात्कार गर्न थाले । किशोरीको चित्कार बाहिरसम्मै सुनिन्थ्यो । ती किशोरी अहिले पनि बाबाको आश्रममा छन् ।

पूर्व सुरक्षाकर्मी बेअन्तका अनुसार डेरा प्रमुख बाबाले लगभग २ सय ५० युवतीसँग नराम्रो काम गरे । त्यहाँ चार सय युवती छिन्, जसलाई साध्वी भनिन्छ ।

डेरा प्रमुखको गुफामा हरेक रात एक न एक युवती आउँथिन् । बाबाले आफू बस्ने ठाउँलाई गुफा भने पनि त्यो राजदबार जस्तै हुन्थ्यो । बाबाको यो हर्कत सबैलाई थाहा थियो । यद्यपि अन्य सुरक्षाकर्मी बाबाकै समर्थक थिए ।

डेरामा सैयौं व्यक्तिको गला रेटेर मारिन्थ्यो । त्यसपछि मृत्त शरीरलाई नहरमा बगाइन्थ्यो । यो क्रम केही समय चल्यो । पछि मर्ने व्यक्तिको दाहसंस्कार गर्न थालियो । डेरा प्रमुखले सबैभन्दा पहिलो मर्डर फकीर चन्द नामक व्यक्तिको गरेका थिए । पछिल्लो २० वर्षयता बाबाको राजनीतिक प्रभाव निकै बढेको थियो । उनी स्वयम् पार्टी स्थापना गरेर चुनाव लड्ने तयारीमा समेत थिए ।

(एजेन्सीको सहयोगमा)

Logo