२९ वर्षदेखि गुमनाम महाभारतकी कुन्ती

२९ वर्षदेखि गुमनाम महाभारतकी कुन्ती

केन्द्रबिन्दु
0
Shares

 केन्द्रबिन्दु डेस्क । काठमाडौं, २१ भदौ ।

अहिले धेरैलाई याद हुनुपर्छ, १४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनमा ‘महाभारत’ हेरेको ।

सिग्नलका लागि एन्टेना बटार्दै यो हिन्दी शृंखला हेरेका धेरैलाई यो पनि याद हुनुपर्छ, त्यसमा एउटा पात्र कुन्ती पनि थिइन् । 

त्यस महाभारत शृंखलामा कुन्तीको भूमिका गरेकी थिइन् बलिउड अभिनेत्री नाजनीनले, जो ७० को दशकमा निकै चर्चित थिइन् ।

बिआर चोपडाको शृंखला ‘महाभारत’मा कुन्तीको भूमिका निर्वाह गरेकी उनी पछि बलिउड फर्किन सकिनन् । यद्यपि कुन्तीकै भूमिकाबाट उनको लोकप्रियता चुलियो । घर–घरमा उनको चर्चा हुन्थ्यो । तर, महाभारतपछि उनी एकाएक गायब भइन् ।

उनी कहाँ छिन्, कसैलाई थाहा भएन । अहिलेसम्म कसैलाई थाहा छैन, उनी जिउँदै छिन् वा छैनन् । अहिलेसम्म उनको निजी जीवनबारे कहीँ कतै जानकारी छैन ।    

– नाजनीनले एकदमै कम फिल्ममा मुख्य भूमिका निर्वाह गरिन् । 

– धेरैजसो त उनलाई सहायक भूमिका मात्र मिल्यो, त्यही कारण उनी निकै दुःखी थिइन् । 

– उनले फिल्म ‘चलते चलते’ मा बिकिनी सिन्स गरेर तहल्का मच्याएकी थिइन् । 

– उनले सारेगमपा भन्ने फिल्ममा अभिनय गरिन्, मुख्य भूमिकामै । त्यसपछि दुईवटा फिल्ममा साइन गरिन् । तर, त्यो फिल्म रिलिज भएन । फिल्म कोरा कागजपछि उनले केवल हिरोइनको बहिनीको मात्र भूमिका पाइन् । 

– खासमा उनी हिरोइन भन्दा पनि एयरहोस्टेस बन्न चाहन्थिन् । तर, हवाइजहाज सुरक्षित नहुने भएकाले उनकै आमाले त्यसमा रोकेकी थिइन् । 

– नाजनीनले केही बी ग्रेडका फिल्ममा समेत काम गरिन् । त्यही कारण उनको इमेज खराब पनि भयो ।  

(एजेन्सीको सहयोगमा)

Logo