अभिनेत्री करिश्माको ९ कक्षाको परीक्षा छुट्यो

अभिनेत्री करिश्माको ९ कक्षाको परीक्षा छुट्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० भदौ ।

आजदेखि सुरु भएको कक्षा ९ को दोस्रो चरणको परीक्षामा चर्चित अभिनेत्री करिश्मा मानन्धर छुटेकी छन् । नयाँ शक्ति नेपाल पार्टीकी नेतृ करिश्मा चुनावी अभियानमा खटिनुपर्ने भएकाले परीक्षा दिन नपाएकी हुन् । उनी यसै वर्षदेखि ९ कक्षामा अध्ययनरत छिन् ।

करिश्मा मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी छन् । केन्द्रबिन्दुसँग कुरा गर्दै उनले भनिन्, ‘पार्टीले एक्जाम पछि दिनुस्, अहिले चुनावी अभियानमा सरिक हुनुपर्छ भनेकाले स्कुलमा आजै निवेदन दिएर आएकी हुँ ।’

करिश्माले ग्यालेक्सी स्कुलबाट कक्षा ८ पास गरेकी हुन् । कलिलै उमेरमा फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले औपचारिक शिक्षाको महत्व बुझ्दै गएपछि स्कुल पढ्न सुरु गरेको बताइन् । करिश्मा–पुत्री कविता भने हाल स्नातक तहमा अध्ययनरत छिन् ।

औपचारिक शिक्षा कम हुनेले पढाइ लुकाउने चलन छ । तर करिश्माले धेरैपछि आएर भए पनि यस्तो हिम्मत गरेकी छन् । निःसंदेह, योे औपचारिक शिक्षा कम हुनेहरूका लागि प्रेरक अभियान हुनसक्छ ।

 

Logo