छिमेकीले सलमानलाई सोधे, ‘के हो, आजभोलि चक्कर चलिरहेको छ कि ?’

छिमेकीले सलमानलाई सोधे, ‘के हो, आजभोलि चक्कर चलिरहेको छ कि ?’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क
सलमान जब आफ्नो घरमा ताला लगाएर सिंढीबाट ओर्लन थाल्छन्, उनका छिमेकीले उनीप्रति चासो देखाउँछन् । सोध्छन्, ‘चक्कर चलिरहेको छ कि क्या हो ?’
सलमानले प्रतिप्रश्न गर्छ, ‘तपाईलाई कसरी थाहा भो नि ?’

छिमेकीले यसको घतलाग्दो जबाफ दिन्छन् ।

सलमान सिंढीबाट ओर्लदै गर्दा छिमेकी सोध्छन्, ‘हिजो राती धेरै समयसम्म सुतेनौ ?’
सलमानले भन्छन्, ‘कसरी थाहा भयो ?’
छिमेकीले भन्छन्, ‘तिम्रो कोठाको बत्ती बलिरहेको थियो, त्यसैले ।’
अर्कोले सोध्छन्, ‘तिमीले रातो खुर्सानी र पालक पनिर बनाइरहेका थियौं’
सलमान भन्छन्, ‘कसरी थाहा पाउनुभयो ?’
छिमेकीको जवाफ यस्तो हुन्छ, ‘तिम्रो भान्साबाट बास्ना आइरहेको थियो ।’

यो सवाल जवाफ हो, चर्चित भारतिय रियलिटी हो, बिग बोसको ।

विवाद र ग्ल्यामरले भरिपुर्ण ‘बिग बोस–११’को हालै सार्वजनिक प्रोमोले यही कुरा इंगित गरेको छ । कलर्स टेलिभिजनले ट्वीटरमार्फत यसको प्रोमो सार्वजनिक गरेको हो । प्रोमो हेर्दा के भेउ पाउन सकिन्छ भने, यसपालीको बिग बोसको थिम ‘छिमेकी’ हो । प्रोमोमा देखाइएको छ कि, छिमेकीले आफ्नोभन्दा अरुको जीवनप्रति कति चासो राख्छन् ?

 

Logo