किन भाइरल हुँदैछ यी दम्पतीको फोटो ? को हुन् यी ?

किन भाइरल हुँदैछ यी दम्पतीको फोटो ? को हुन् यी ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १८ भदौ ।

फेसबुक हेरौ वा ट्वीटर । या त व्हाट्स एप । जताततै कालो वर्णका पुरुष र सुन्दर युवतीको फोटो सोसल मिडियामा भाइरल भइरहेको छ । यस जोडीलाई लिएर प्रयोगकर्ताले थरीथरीको कमेन्ट गरिरहेका छन् । कतिको लागि यो ठट्टाको विषय पनि बनेको छ ।

हेर्दा सामान्य लाग्ने यी दम्पती को हुन् त ?

खासमा तस्बिरमा देखिने पुरुष दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक हुन् । उनी स्क्रिप्ट राइटर पनि हुन् । नाम हो एटली कुमार ।

२१ सेप्टेम्बर १९८६ मा तामिलनाडुमा जन्मिएका एटलीको पूरा नाम अरुण कुमार हो । २०१३ मा उनले ‘राजा रानी’ फिल्मबाट उद्योगमा पाइला चालेका थिए । यो फिल्मले दक्षिण भारतमा बक्स अफिसमा चार हप्ताभित्र ५ सय मिलियन बढी कमाइ गरेको थियो । यसपछि उनले बेस्ट डेब्यु डाइरेक्टरको अवार्ड प्राप्त गरे ।

थ्री इडियट्सको रिमेक बनाए
एटली कुमारले चर्चित निर्देशक एस शंकरको मातहातमा रहेर पाँच वर्ष काम गरे । सहायक निर्देशकको रूपमा काम गरेका उनले फिल्म नानबानसम्म काम गरे, जुन थ्री इडियट्सको रिमेक थियो । पछि उनले आफ्नै प्रोडक्सन हाउस खोलेर फिल्म निर्माणमा हात हाले ।

कृष्णा प्रियासँग विवाह
करिब आठ वर्षको अफेयरपछि एटली र कृष्णा प्रियाले विवाह गरे । उनीहरूको विवाहमा दक्षिण भारतका दिग्गज हस्तीहरूको उपस्थिति थियो । कृष्णा प्रिया चर्चित टेलिभिजन अभिनेत्री हुन् । उनले केही टेलीशृंखलामा मुख्य भूमिका निर्वाह गरेकी छिन् । (एजेन्सीको सहयोगमा)

Logo