काठमाडौँ, १६ भदौ । नेपाल आईडलको शुक्रवार भएको भोटिङ राउण्डवाट प्रताप दास, सागर आले, निशान भट्टराई, बुद्ध लामा बाहिरिएका छन् । "/>

नेपाल आइडल बिबाद नै बिबाद

नेपाल आइडल बिबाद नै बिबाद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १६ भदौ । नेपाल आईडलको शुक्रवार भएको भोटिङ राउण्डवाट प्रताप दास, सागर आले, निशान भट्टराई, बुद्ध लामा बाहिरिएका छन् । बिहिवार भएको प्रफरमेन्सको आधारमा आज शुक्रवार प्रताप दास, सागर आले, निशान भट्टराई, बुद्ध लामा प्रतियोगितावाट बाहिएका हुन् । बिहिवार भएको प्रफरमेन्स राउण्डमा निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासले आ–आफ्नो प्रस्तुती दिएका थिए । अव नेपालको आइडलको ग्राण्ड फिनालेमा प्रताप दास, सागर आले, निशान भट्टराई, बुद्ध लामाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

बिबाद नै बिबाद

नेपाल आइडलले यसपटक नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौंवाट अडिसन गरेको थियो । संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायकको भुमिका निभाएका थिए । नेपाल आइडल यसका निर्णायकहरुकै कारण प्रारम्भिक चरणका छनौटहरु विवादमा परेका थिए ।उनीहरुले गर्ने गरेको हल्का टिप्पणीले दर्शक र प्रतियोगीहरुलाई अपाच्य बनायो  । ‘तिम्रो दाँत अलि नमिलेको रहेछ’, ‘स्वरमा खासै दम छैन, तर डिम्पल मेरोभन्दा राम्रो छ’, ‘स्वर राम्रै हो तर बेसुरा भयो’, ‘खै त मेकअप गरेको !  गीत मात्र गाएर हुन्छ ?’ जस्ता टिप्पणीले उनीहरुको योग्यतामाथि प्रश्न चिन्ह उठेको हो ।  

त्यस्तै गत हप्ता अतिथि निर्णायकका रुपमा आएका गायक रामकृष्ण ढकालको टिप्पणीका कारण पनि बिबादित बन्यो । गायक ढकालले ४ जना प्रतिस्पर्धी बाकी छदै ‘अब २ जना बाकी छन, दुवै जना सफल होस्’ भनेर निशान भट्टराई र प्रताप दासलाई संकेत गरेपछि बिबाद उत्पन्न भएको हो । बिबादपछि नेपाल आइडलका आयोजकले यस्तो प्रतिक्रिया दिएका थिए ।

 नेपाल आइडलका प्रतियोगीको उपलब्धि

नेपाल आइडलका उत्कृष्ट चारमा पुगेका निशान भट्टराईले ‘कतै मिलन…’ बोलको गीत समेत सार्वजनिक गरिसकेका छन् । त्यस्तै आइडलबाट बाहिरिएकी मेनुका पौडेलले राज धमला र निश्चल ओखलढुंगेको शब्द रहेको ‘दिलको घाउ कति दुख्छ’ बोलको गीत केही दिन अघि युट्युबमा सार्वजनिक भएको छ । उनकै श्वरमा पवित्रा राईको शब्द र रमेश संग्रौलाको संगीत रहेको ‘सजाको छु’ बोलको गीत बजारमा आएको छ । त्यस्तै पौडेलले पुश्कर सुनुवारसँग मिलेर ‘आँखाको नानीमा’ बोलको गीत पनि गएकी छिन । बिर्तामोड, झापा घर भएकी मेनुका नेपाल आइडलको टप ११ सम्म पुगेकी थिइन् ।

नेपाल आइडलबाट बाहिरिएका अर्का गायक प्रताप लामाको ‘तिमी थियौ’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । 

 

टप टेननै कतारमा

नेपाल आइडलका आयोजकका अनुसार टप १० मा परेका सबै प्रतियोगिहरुलाई समावेश गरेर ग्राण्ड फिनाले आयोजना गर्ने योजनमा रहेका छन् । डायस्पोरामा बसोबास गर्ने नेपालीको संख्या बढी भएको र यो प्रतियोगितामा उनीहरुले बढी उत्साह देखाएको कारणले पनि आयोजकले ग्राण्ड फिनाले कतारमा आयोजना गर्न लागेका हुन् ।

Logo