चन्दा देवानको एकल गीति साँझ हुँदै (भिडियो सहित)

चन्दा देवानको एकल गीति साँझ हुँदै (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ भदौ ।

चर्चित गायिका चन्दा देवानको एकल गीति साँझ काठमाडौंमा आयोजना हुने भएको छ । आगामी भदौ १७ गते शनिबार प्रज्ञा प्रतिष्ठानमा हुने एकल साँझमा उनले गाएका केही गीतमा नृत्य पनि प्रस्तुत हुने भएको छ ।

चन्दाका अनुसार गीति साँझमा दुईवटा गीतको म्युजिक भिडियो प्रदर्शन गरिनुका साथै उनको नयाँ गीति एल्बमको विमोचन पनि गरिने छ । एकल साँझमा उनले खीर मिठो, तिम्रो कथा, भेट्नु छुट्नु, नगर्जिने बादल, त्यो फड्के साँघुलेसहितका एक दर्जन गीत प्रस्तुत गर्ने छिन् ।

उनलाई एकल गायनमा प्रिन्स नेपालीले सारंगीमा, विपी सिंहले रिदममा, देव आशिष तामाङले गिटारमा, अनुप दासले बेस गिटारमा, बुद्ध लामाले फ्लुटमा, रुपेश सिंहले अक्टोप्याडमा तथा प्रजोल लामाले की–बोर्डमा साथ दिँदैछन् ।

सेलिब्रेटी म्यानेजमन्ट नेपालको आयोजनामा हुन गइरहेको चन्दा देवान एकल साँझका लागि टिकटदर रु.५००/– र १०००/– निर्धारण गरिएको छ ।

साँझ ४ बजे सुरु हुने एकल साँझलाई लिएर चन्दा निकै आशावादी देखिएकी छिन् । भन्छिन, ‘दर्शक र श्रोताले त्यो दिन उपस्थित भएर कार्यक्रम सफल बनाइदिनु हुनेछ भन्ने आशा राखेकी छु ।’

Logo