किन मुख लुकाइन् बिपाशा बसुले ?

किन मुख लुकाइन् बिपाशा बसुले ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १५ भदौ ।

त्यसो त कामुक अभिनेत्री बिपशा बासु अहिले बलिउडमा सक्रिय छैनन् । उनको राप सेलाउँदै गएको छ । यद्यपि बेलाखबत भने, बिपाशाले मिडियाको ध्यान खिच्ने गरेकी छिन् । यसपटक त्यस्तै भयो ।

बिपाशा बसु अचानक रकी हाउसको बाहिर देखा परिन् । उनी आफ्ना पति करन सिंहसँग थिइन् । जब उनीमाथि क्यामेराको लेन्स सोझिन थाल्यो, हत्तपत उनले मुख छोपिन् । कारमा बस्दै गर्दा क्यामेराले चारैतिरबाट आफुलाई घेरेपछि उनले अनुहार लुकाइन् । किन ?

कारण सामान्य छ । उनले त्यसबखत मेकअप गरेकै थिइनन् । आफ्नो फरक रुप मिडियामा आउने भयले उनले अनुहार लुकाएकी थिइन् । पहिला त उनले हातले अनुहार छेक्ने कोशिस गरिन् । त्यसपछि भने मोवाइलले ।

 

Logo