सुन्दरी आमाका दुई सिने स्टार पुत्र (भिडियो रिपोर्ट)

सुन्दरी आमाका दुई सिने स्टार पुत्र (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ भदौ ।

फिल्मभन्दा कोशौं टाढा भएकी आमाका दुईमा दुई छोरा रातारात फिल्मका स्टार हुनसक्छन् ? अरुहरुको कुरा के हो हामी भन्न सक्दैनौं । तर नेपाली फिल्ममा एकजना सुन्दरी आमाका दुई छोरोको क्रेजले भने सवैको ध्यान खिचेको छ । ती मादक आँखाकी धनी आमा अरु कोही नभएर बैंङकर रवीना देशराज हुन् । र, उनका ‘हुने विरुवाका चिल्लापात’ हुन् दुई हिरोहरु आयुश्मान र आसिरमान देशराज श्रेष्ठ जोशी ।

नेपाली चलचित्र छेत्रमा नव नयाकहरु हामफाल्ने क्रम बढदो छ । चलचित्रको ट्रेन्ड पनि बिल्कुल फरक हुँदै आएको छ । यही मेसोमा इन्ट्री मारिसकेका छन् आयुश्मान र आसिरमानले ।

आयुश्मान ले २०१६ मा चपली हाइट २ बाट र आसिरमानले तीन साता अघि रिलिज भएको चलचित्र ग्याङ्गस्टार ब्लुज बाट रजतपटमा पाइला राखेका हुन् । यी दुवै हैण्डसम तन्नेरीहरुलाई यहाँसम्म पुर्याउने जस आमा रवीनालाई दिने हो भने पनि गलत हुँदैन । प्रस्तुत छ, छोराहरुको आनिबानीका सम्बन्धमा आमा रवीनाले हामीसँग गरेको कुराकानी –

Logo