ज्याकलिनलाई फ्यानले यस्तो व्यवहार गरेपछि बरुण भड्किए

ज्याकलिनलाई फ्यानले यस्तो व्यवहार गरेपछि बरुण भड्किए

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ भदौ ।

आदर्श भनाइ के छ भने प्रशंसक भनेको सेलिब्रेटीको सम्पत्ति हो । कुरा सही हो पनि । जसका धेरै प्रशंसक छन्, उही लोकप्रियताको कसीमा अब्बल ठहरिन्छ ।

तर, त्यही प्रशंसकले कहिलेकाहीँ सेलिब्रेटीलाई लफडामा पारिदिन्छन् । केही समयअघि शाहरुख खानले त्यस्तै दशा भोगेका थिए । आफ्नो फिल्म ‘रईस’को पब्लिसिटीका लागि ट्रेनमा निस्किएका शाहरुखलाई हेर्न प्लेटफर्ममा ठूलो भिड लाग्यो । शाहरुखको एक झलक पाउन आतुर भिडलाई नियन्त्रण गर्न नसक्दा एकजनाले ज्यान गुमाए । यो घटनाले शाहरुखलाई नराम्ररी पोल्यो ।

त्यसो त सेलिब्रेटी र प्रशंसकबीच कहिलकाहीँ निकै कठोर तित्तता बढ्छ । प्रशंसकले आफ्नो सीमा मिचेपछि सेलिब्रेटीहरू हातपात गर्न समेत बाध्य हुन्छन् । दबंग ब्वाय सलमानसमेत यस्ता मामिलामा मुछिएका छन् ।

पछिल्लो प्रसंग चाहिँ, ज्याकिलन फर्नान्डिजको हो । ‘जुडवाँ २’ फिल्मको ट्रेलर सार्वजनिकका लागि पुगेकी उनीमाथि पनि प्रशंसकको ज्यादती भयो ।

कार्यक्रममा ती प्रशंसक ज्याकलिनसँग सेल्फी खिँच्न पुगे । कडा सुरक्षालाई तोडेर आफूसम्म आइपुगेका प्रशंसकलाई ज्याकलिनले रित्तो हात फर्काउन चाहिनन् । उनले सेल्फी खिँच्ने प्रशंसकको मनोकांक्षा बुझिन् । र, अनुमति दिइन् ।

तर, त्यसको फाइदा उठाउँदै उक्त प्रशंसकले ज्याकलिनलाई गलत ढंगले छुन थाले । फिल्मका हिरो बरुण धवनले यो कृत्य हेरिरहन सकिनन् । उनले उक्त प्रशंसकलाई हटाइदिए । फिल्म युनिटले उक्त व्यक्तिविरुद्ध कानुनी कारबाही चलाउने तयारी गरिरहेको छ । (एजेन्सीको सहयोगमा)

 

Logo