विवादित सम्बन्धले चर्चित यी हलिउड सेलिब्रेटी

विवादित सम्बन्धले चर्चित यी हलिउड सेलिब्रेटी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ११ भदौ ।

विश्वका मोस्ट ह्यान्डसम मेल पर्सनालिटीको सूचीमा पर्छन्, हलिउड अभिनेता ब्राड पिट । उनी रोयल लाइफ स्टाइलका कारण जति चर्चामा हुन्छन्, उत्ति नै विवादित सम्बन्धको कारण पनि ।

लक्जरी लाइफ बिताउन चाहने ब्राड, एन्जेलिना जोलीसँग सम्बन्ध–बिच्छेदको खबरसँगै लाइटिङ डिजाइनर ओडिले सौदान्तलाई करिब ७ करोड रुपैयाँ भुक्तान गरेको विषयमा पुनः एकपटक चर्चामा छन् । जोलीभन्दा अघि ब्राडले जेनिफर एनिस्टनसँग २००५ मा सम्बन्ध–बिच्छेद गरेका थिए । त्यसबाहेक पनि ब्राडको जिन्दगीमा एक दर्जनभन्दा बढी युवती जोडिइसकेका छन् ।

ब्राडले आफ्नो कमाइको ठुलो हिस्सा रियल स्टेट (घरजग्गा कारोबार) मा लगानी गरेका छन् ।

फ्रान्समा एक सय एकडमा फैलिएको यो शेटो मिरावल इस्टेट एक रोमन इस्टेट थियो । ब्राडले आफ्ना फ्रेन्च मावली हजुरआमा र आमालाई श्रद्धान्जली दिनका लागि यो आलिसान भवन खरिद गरेका थिए । त्यसबेला यसको मूल्य ३५ मिलियन पाउन्ड थियो । त्यसमा ३५ बेडरुम्स, जिम, सौना, ज्याकुजी, अंगुरको बगैंचा, एउटा ताल र भव्य ब्यांकेट हल थियो । त्यसको चारैतिर घना जंगल थियो ।

पहिलो पत्नी जेनिफर एनिस्टनसँग सम्बन्ध–विच्छेदपछि एक दशमलव २६ एकड क्षेत्रमा फैलिएको चार हजार फिट बिल्डअप आलिसान मालिबु होम खरिद गरेका थिए । त्यसबेला उक्त महलको मूल्य आठ सय करोडभन्दा बढी थियो । त्यो क्यालिफोर्नियाको मालिबुमा बनेको एक बीच हाउस हो । यो दुई हिस्सामा बनेको छ । त्यसमा चार ठुला बेडरुम्स, चार आलिसान बाथरुम छन् । ब्राडले यसको रिनोभेसन स्वयमले गरेका हुन् । यसको किचन स्टेनलेस स्टिलले बनेको छ । यसको फ्लोरिङ बाँसले बनेको छ जबकि ढोका चाहिँ काँचको छ । अहिले उनले यो घर बिक्री गरिसके ।

ब्राड पिटसँग औडी क्यु ७, जीप चिरोकी, एसयुभी, शेवी कमारो एसएस, लेक्सस एसएल ४६० एफ स्पोर्ट कार छन् । यसका साथै ब्राड बिएमडब्ल्यु हाइड्रोजन ७ र स्वयमले डिजाइन गरेको चापर चढ्छन् । उनीसँग मोटरसाइकलको पनि कलेक्सन छ । बिएमडब्ल्यु आर ११५० जीएस एडभेन्चर, यामाहा आर १, ट्रिप बानविले, रोयल एन्फिल्ड बुलेट ५००, दि डुकाटी डेरुमोसेडिकी आरआर, हार्ले डेभिडसन आदि छन् । (एजेन्सीको सहयोगमा)

 

Logo