काठमाडौँ, १० भदौ । नेपाली सुगम संगीतका लोकप्रिय गायक हुन्- रामकृष्ण ढकाल । नेपालमै पहिलो पटक जारी नेपाल आइडलका उद्घोषकहरुको शब्द सापटी लिने हो भने सुपरट्यालेन्ट गायक हुन् ढकाल । "/>

रामकृष्ण ढकालमाथि गालीको वर्षा, के उनले जातीय बिउ रोपेकै हुन् ? (भिडियोसहित)

रामकृष्ण ढकालमाथि गालीको वर्षा, के उनले जातीय बिउ रोपेकै हुन् ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १० भदौ । नेपाली सुगम संगीतका लोकप्रिय गायक हुन्- रामकृष्ण ढकाल । नेपालमै पहिलो पटक जारी नेपाल आइडलका उद्घोषकहरुको शब्द सापटी लिने हो भने सुपरट्यालेन्ट गायक हुन् ढकाल । तर शुक्रबारको शो मा गायक ढकालको टिप्पणीले सबैलाई अचम्मित तुल्यायो । र आज सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि नेपाल आइडलकै युट्युब च्यानलमा समेत गायक ढकालमाथि गालीको बर्षा भैरहेको छ ।

‘मुलको पानी, कुलको नानी भन्थे बुढा पाकाले । हो रहेछ के हो । अखिर ढकालले आफ्नो औकात देखाएर छाड्यो । यिनी सबैलाई हौसला प्रदान गर्न आएका कि कुनै बिशेष लाई भोट माग्न ?? यस्तो सस्कारहिनलाई नि अतिथी निर्णायक ? ? बक्बास्!! एक टेलिभिजन यस्तो अन्तिम अवस्थामा पनि बिना सोच बिचार यस्तै गर्छस भने तेरो खैरियत छैन । तैले गर्दा जातिय दङ्गा मक्चियो भने त्यस्को जिम्मेवारी पुरा तेरो टेलिभिजन हुनु पर्छ ।तैले यसलाई हल्का रुप लिएको छस होला । गम्भिर भएर सोच्!! या तैले माफी माग , त्यो ढकाल लाई माफी मगा ! यो दर्शक हरुको माग हो । होईन भने निश्पक्ष चला । या त भोटिङ प्रणाली बन्द गर ।’ नेपाल आइडलको युट्युब च्यानलमा रक्स कृष्ण रानाले व्यक्त गरेको अभिव्यक्ति हुन् यी । यो सामग्री तयारे पार्दा सम्म उनको यो टिप्पणीमाथि १०३ ओटा सवाल जवाफ भएका छन् । नेपाल आइडलको च्यानलमा आएका २७२३ मध्ये अधिकाश ढकालको प्रतिक्रियासँग सम्बन्धित छ । यस अघिका सवाल जवाफहरु प्रतिस्पर्धीहरुको सबल र दुर्बल पक्षका बारेमा हुन्थ्यो । 

युट्युबमा मात्र होइन फेसबुक र ट्वीटरमा पनि गायक ढकालको चर्को बिरोध भैरहेको छ । उनलाई कपि पेष्ट गायकदेखि बाहुनबादी व्यक्तिको संज्ञा दिदै गालीको बर्षा भैरहेको छ । 

खास कुरो के हो ?

खास कुरो गायक ढकालले नेपाल आइडलमा सहभागी दुई प्रतियोगीबारे दिएको टिप्पणी नै हो । सामान्यत: अतिथि निर्णायकका रुपमा बस्नेले सबै प्रतियोगिलाई समानरुपमा धारणा राख्नुपर्ने भए पनि ढकालको अभिव्यक्तिमा पक्षपातपूर्ण देखिएको छ । प्रतियोगी निशान भट्टराई र प्रताप दासको पक्षमा खुलेरै धारणा राखेका ढकालले अर्का दुई प्रतिस्पर्धी बुद्ध लामा र सागर आलेका बारेमा प्रशंसाका मुख समेत खोलेनन् ।

गायक ढकालले भनेका छन्. ‘मलाइ गायकीको हिसाबले सबै भन्दा मनपर्ने निशान हो र प्रताब दास पनि ।’ यति सम्म त ठिकै थियो आर उनको धारणा यतिमै रोकिएन । उनले थप भने- ‘हामी बाचुन्जेल त्यो प्रतिभालाई चिन्दैनौ र मरिसकेपछि फलानो यस्तो त्यस्तो भन्छौ, त्यसैले यो चिज तपाईहरुले याद गरि दिनु होला ।’ ढकालले अप्रत्यक्षरुपमा दास र भट्टराईलाई भोट मागेका छन् । उनले अझ अगाडी भनेका छन्- ‘तपाईहरु दुवै जना सुरक्षित होस् भन्ने कामना गर्छु, निशानलाई एउटा भोट म पनि दिन्छु ।’ चार जना प्रतियोगी बाकी हुँदा हुदै पनि ढकालले ‘अब दुई जना हुनुहुन्छ, दुवै जना सुरक्षित होस्’ भनेर भट्टराई र दासलाई इंगित गरेका छन् ।

अर्को कुरा नेपाल आइडलको खुल्लामंचमै पुगेर खास व्यक्तिलाई भोट दिने अभिव्यक्ति स्वाभाविक पक्कै थिएन । अर्को कुरा भट्टराई र दासलाई जसरी नै लामा र आलेप्रति पनि उस्तै धारणा राखेको भए यावत कुरा सायदै आउने थिए होलान् । 

के जातीय बिउ रोपिएकै हुन् ? 

ढकाललाई गाली गर्नेहरु उनलाई बाहुनबादी भनेर आलोचना गरिरहेका छन् । निशान भट्टराईको खुल्ला समर्थन जनाउनु र खुल्लामंचबाटै उनलाई भोट माग्नुलाई दर्शकहरुले अन्यथाका रुपमा लिएका छन् । उनीमाथि बुद्ध लामा र सागर आलेलाई ‘डोमिनेट’ गरेको आरोप समेत लागेको छ । 

हेर्नुहोस गायक ढकालको टिप्पणी 

 

समाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु

 

Logo