‘आउँदो रहेछ जीन्दगीमा यस्तो मोडहरु’ सार्वजनिक (हेर्नुहोस भिडियो)

‘आउँदो रहेछ जीन्दगीमा यस्तो मोडहरु’ सार्वजनिक (हेर्नुहोस भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १० भदौ । गायक भुवन सुप्तिहाङ राईको पाँचौ एल्बम ‘सम्मान मेरो’ मा समेटिएको ‘आउँदो रहेछ जीन्दगीमा यस्तो मोडहरु‘’ गीतको म्यूजिक भिडियो हालै सार्बजनिक भएको छ । भिडियोमा बर्षा शिवाकोटी, दिक्पाल कार्की र सुजन राईले मार्मिक दृष्यको अभिनय पस्केका छन् ।

गायक भुवन सुप्तिहाङ राईको केही महिना अगाडिमात्र विमोचित एलबम सम्मान मेरो एलबममा रहेको एउटा गीत आउदो रहेछ गीन्दगीमा यस्तो मोडहरु जहाँ यो घट्नाको परिदृष्य देखाइएको छ। सुप्तिहाङ राईको संगीत र स्वरमा गुञ्जिएको यस मार्मिक भिडियो गीतको शब्द विश्वकाजी राईले कोरेका हुन् । त्यस्तैगरी एरेञ्जर गरेका छन् चर्चित एरेञ्जर महाराज थापाले।

यसरी शब्द, संगीत, स्वर अनि संगीत संयोजनले भरिएको मनै छुने म्यूजिक भिडियो कृष्ण आचार्यद्वारा निर्देशित भिडियो हो । छायाँकन युवराज राईले गरेका हुन् । गायक सुप्तिहाङ राईले भने, ‘आउँदो रहेछ जीन्दगीमा यस्तो मोडहरु‘’ भिडियो बडो मेहनतपूर्ण तयार भएको बताएको छ ।

भुवनले सार्वजनिक गरेका ११ गीतमा उनैको स्वर र संगीत रहेको छ भने विश्वकाजी राई गोपाल दाहा, बुद्धवीर लामा, जितेन्द्र रसिक, अनोज रोका, मुकेश राई, प्रेम सुब्बा चेम्जोङ, जेवी संयोगी र दकिला लामाको शब्द रहेको छ ।

Logo