जसले घुमाउँछन् श्रीदेवीको छोरीदेखि अमिताभको नातिनीसम्म

जसले घुमाउँछन् श्रीदेवीको छोरीदेखि अमिताभको नातिनीसम्म

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क

अहिले सनसनी मच्याएको छ, एक मिस्ट्री ब्वाईले । यि अपरिचित किशोरको बलिउड स्टारका छोरीहरुसँग गहिरो हिमचिम देखिन्छ । अमिताभ बच्चनकी नातिनी नव्य नवेली, श्रीदेवीकी छोरी जान्ह्वी कपुरदेखि सैफ अली खानकी छोरी सारासँग ‘मिस्टी ब्वाई’को अनौठो दोस्ती छ ।

त्यतिमा मात्र यिनी रोकिएका छैनन्, सलमान खानकी भान्जी एलीजा अग्निहोत्री, जावेद जाफरीकी छोरी अलाविया, पूजा बेदीकी छोरी आलिया इब्राहिमलाई समेत आफ्नो कब्जामा लिइसकेका छन् ।

यी रहस्यमयी किशोरको नाम हो, ओरहान अवात्रामणि । यिनले इन्स्टाग्राममा ‘ओरी वान’ नामबाट पेज बनाएका छन् । बलिउड स्टारका छोरीहरुसँगको फोटो उनले इन्टाग्राममार्फत शेयर गर्छन् ।

 

Logo