हाइएस्ट पेड सेलिब्रेटीमा साहरुख ८ र सलमान ९ औं नम्बरमा

हाइएस्ट पेड सेलिब्रेटीमा साहरुख ८ र सलमान ९ औं नम्बरमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क

हालै मात्र फोब्र्सले विश्वका २० सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको नाम सूचिकरण गरेको छ । त्यस सूचीभित्र यसपाली तीन जना बलिउड सेलिब्रेटी समेटिएका छन् । त्यसमा शाहरुख खान, सलमान खान र अक्षय कुमार छन् । सूचीमा १ जुन २०१६ देखि १ जुन २०१७ सम्मको कमाई सामेल गरिएको छ । यसमा अमिताभ बच्चन, आमिर खान भने अटाएनन् ।

– फोब्र्सको यो सूचीमा शाहरुख खान ८ औ पोजिसनमा छन् ।

– शाहरुखले २०१६ मा ३३ मिलियन डलर अर्थात भारु २ अर्ब ११ करोड ६० लाख ४२ हजार ५ सय कमाई गरेका छन् ।

– त्यस्तै २०१७ मा उनको कमाई ३८ मिलियन डलर अर्थात भारु २ अर्ब ४२ करोड ६७ लाख ६९ हजार कमाई गरेका छन् ।

– यो कमाईमा शाहरुखको फिल्म र एन्डोर्समेन्ट सामेल छ । हालै सार्वजनिक जब ह्यारी मेट सेजलको कमाई पनि यसमा जोडिएको छ ।

९ औ पोजिसनमा सलमान
सलमान खान यसपाली फोब्र्सको सूचीमा उक्लिएका हुन् । जबकी अघिल्लो बर्ष उनी १४ औं स्थानमा थिए । यसपाली ९ औं स्थानमा छन् ।

– २०१६ मा २८ दशमलव ५ मिलियन अर्थात भारु १ अर्ब ८२ करोड ७७ लाख १९ हजार कमाई गरेका सलमानले यसबर्ष २ अर्ब ३७ करोड ३० लाख १३ हजार रुपैयाँ कमाए ।

– सलमानले यो कामई फिल्मका साथसाथै उनको रियलिटी शो ‘बिग बोस’को आर्जन हो ।

अक्षय १० औ स्थानमा
– खेलाडी ब्वाई अक्षय अघिल्लो बर्ष ३१ दशमलव ५ मिलियन डलर अर्थात भारु २ अर्ब २ करोड २ लाख ६८ हजार रुपैयाँका मालिक थिए । यसपाली उनले ३५ दशममव ५ मिलियन डलर कमाई गरे ।

– हालै उनको फिल्म ‘ट्वाइलेट : एक प्रेम कथा’ पनि सफल रह्यो । उक्त फिल्म १ सय करोड क्लवमा सामेल भयो ।

Logo