यसरी मनाइन् रेखा थापाले बर्थ डे (भिडियो सहित)

यसरी मनाइन् रेखा थापाले बर्थ डे (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ भदौ ।

नेपाली चलचित्रमा सदाबहार अभिनेत्रीको परिचय बनाएकी रेखा थापाले आज भदौ ५ बाट एक वर्ष उमेर थपेकी छिन् । विकिपिडियाका अनुसार उनको जन्म सन् १९८२ अगष्ट २१ तारिख हो ।

झण्डै एक दशकदेखि नेपाली सिने क्षेत्रमा नम्मर वान अभिनेत्रीको पगरी गुथेकी रेखा डेढ दशकदेखि फिल्म क्षेत्रमा सक्रिय छिन् । र, उनले आजका मितिसम्म एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् ।

रेखाको पहिलो फिल्म थियो, ‘हिरो’ । त्यो फिल्म व्यवसायिक रूपमा सफल हुन सकेन । तर उनीभित्रको सम्भावनालाई त्यही फिल्मले उजागर गर्यो । उनी लामो रेसका लागि आएकी हुन् भन्ने पनि त्यही फिल्मले देखायो । समीक्षक र फिल्मकर्मीको भविष्यवाणी क्रमशः मिल्दै गयो । उनी नेपाली अभिनेत्रीहरूमा सबैभन्दा अग्लो कद बनाइराख्न सफल हुँदै गइन् । फिल्ममा पुरुष हिरोको अनिवार्यता आवश्यक नरहेको भनेर उनले व्यवहारिक जवाफ फर्काइरहिन् ।

अभिनेत्री हुन् रेखा । तर उनले परिचय थपेकी छिन् चलचित्र निर्माताको रूपमा पनि । निर्माता भएर उनको नाम जतिमा जोडिएको छ, ती सबैजसो फिल्म व्यवसायिक हिसाबमा सफल छन् । उनी जति सफल निर्मात्री हुन्, त्यसभन्दा धेरै बढी सफल अभिनेत्री हुन् ।

रेखा थापाले अभिनेत्रीहरूमा मात्र होइन, समकालीन युवाहरूमा समेत अग्लो कद स्थापित गरेकी छन् । सामाजिक सञ्जालमार्फत पछ्याउनेहरूको भीडले उनलाई शक्तिशाली समेत बनाइदिएको छ । आजका मितिमा रेखालाई फेसबुकबाट मात्र ३२ लाखभन्दा बढीले फलो गरिरहेका छन् ।
पछिल्लो समय रेखा समाजसेवामा पनि संलग्न हुन थालेकी छन् । उनले राजनीतिमा समेत लामो छलाङ मारेकी छन् ।

रेखाका सम्पूर्ण अभियानहरूले सफलता चुमुन् र सधैं चुमिरहून् ।
हार्दिक शुभकामना ।

Logo