हलिउडमा भारतीय कलाकार पैसा कम चर्चा बढी

हलिउडमा भारतीय कलाकार पैसा कम चर्चा बढी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी : बलिउड अभिनेत्री प्रियांका चोपडा अहिले हलिउडमा पहिचान बनाउन संघर्षरत छिन् । तर उनी हलिउड छिर्नुअघि बलिउडकी नम्बर एक नायिका थिइन् । हलिउडमा पछिल्लो समय डाइभर्सिटीको मुद्दा पेचिलो बन्दै गएको छ ।

यस मुद्दामा बहस हुन थालेसँगै चीन, भारत लगायत देशका कलाकार विशेषगरी एशियन फेसको उपस्थिती बढ्दो छ । तर फिल्मी दुनियाँको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्डमा भने हलिउड र पश्चिमा युरोपमा बनेका फिल्महरुकै दबदबा रहने गरेको छ । 

‘ओस्कर सो व्हाईट्स फेस’ अर्थात ओस्करले गोरो अनुहारलाई मात्रै प्रश्रय दिन्छ भन्ने आरोप पनि लाग्ने गरेको छ । यो आरोपले हलिउड कत्तिको रंगभेदी छ भन्ने प्रमाणित गर्छ ।

गोराहरुबाहेक अरुले ओस्कार नै जितेका छैनन् भन्ने होइन । यसै वर्ष अमेरिकामा संघर्षरत कालो समुदायको कथा बोकेको ‘मुनलाईट’ ओस्कारमा सर्वोत्कृष्ट चलचित्र घोषित भयो । तर साँचो के हो भने भारतीय अभिनेता तथा अभिनेत्रीले अहिलेसम्म ओस्कर जितेका छैनन् । तर, साँचो के पनि हो भने हलिउडमा उनीहरुको उपस्थितीलाई बेवास्ता गर्न सकिने अवस्था छैन ।

३३ वर्षीया पूर्व मिस वल्र्ड प्रियांका चोपडा अहिले हलिउडमा संघर्र्षरत भारतीय कलाकारमध्ये अग्रस्थानमा छिन् । उनी अमेरिकामा पिपुल्स च्वाइस अवार्ड जित्ने पहिलो भारतीय कलाकार हुन् । अमेरिकी टेलिभिजन शो क्वान्टिकोका लागि उनले यसअघि यो अवार्ड जितेकी थिइन् । उनी अमेरिकी टेलिभिजन शो र म्युजिक भिडियो तथा हलिउड फिल्ममा व्यस्त छिन् ।

ओस्करमा रंगभेदको विषय बहसमा रहेपनि पछिल्लो दशक हलिउड चलचित्रका कथावस्तु जातिय विविधताका हिसाबले फराकिलो देखिएका छन् । त्यसैले क्षमतावान् कलाकारहरुका लागि हलिउडको ढोका खुला देखिएको छ । यसको प्रत्यक्ष फाइदा भारतीय कलाकारले उठाएका छन् । तर उनीहरुले त्यसबापत कस्तो पारिश्रमिक पाएका छन् त ?

आँखा व्यापारमा

भारत र अन्य देशका कलाकारहरु हलिउडमा छाउनुको पछाडी स्टुडियो र डिस्टिब्युटर्सले निकालेको प्रत्यक्ष फाइदाको हिसाबले ठूलो भूमिका खेलेको छ । भारतका कलाकार तथा कन्सल्टेन्सी काउन्सिलेजका म्यानेजिंग पार्टनर सुहेल सेथ भन्छन्, यो सबै पैसासँग जोडिएको विषय हो ।

विश्वभर भारतीयहरु छरिएका छन् । त्यसैले हलिउडका निर्माताहरु चर्चित भारतीय अभिनेता तथा अभिनेत्रीलाई आफ्नो फिल्ममा खेलाएर आफ्नो बजार बिस्तार गर्न चाहन्छन् ।

भारतमा अंग्रेजी बोल्नेहरु थुप्रै छन् । यहाँको आफ्नो फिल्म उद्योगले एक वर्षमा १ हजारभन्दा धेरै चलचित्र बनाउँछ । एक बिलियनभन्दा धेरै जनता रहेको भारतमा अधिकांश चलचित्रप्रेमी छन् । त्यसैले भारतमा भविष्यमा धेरैभन्दा धेरै मल्टिप्लेक्स सिनेमा हलहरु निमार्ण हुने र भारतीयहरुले निरन्तर डिजिटल प्रविधिबाट चलचित्र हेर्ने अनुमान लगाइएको छ ।

हलिउडमा बढ्दो उपस्थिती

गोराहरुको उद्योग भनेर चिनिने हलिउडमा भारतका स्टारहरुको उपस्थिती बढ्दो छ । ४९ वर्षिय अभिनेता इरफान खानले आफ्नो करियरमा १ सयभन्दा धेरै चलचित्र खेलिसकेका छन् । उनले एक दशक अमेरिकाका स्टुडियो तथा टिभी प्रडक्सनमा बिताए ।

सुपरहिट चलचित्र स्लमडग मिलिनियर्समा प्रहरीको भूमिका निभाएपछि उनी चर्चामा तानिए । यस चलचित्रले २००९ मा ओस्करमा ८ वटा अवार्ड जित्यो । इमरान पछिल्लो समय ज्युरासिक वल्र्डमा पनि देखिए ।

खान र चोपडाको उपस्थितीले दिपिका पादुकोणजस्ता नयाँ कलाकारका लागि समेत हलिउडको ढोका खोलेको छ । भारतीय अनुहारहरु अमेरिकाका चर्चित टेलिभिजन कार्यक्रममा समेत छाउन थालेका छन् । होमल्याण्डमा सुरज शर्मा र निर्मत कौर, द बिग ब्यांग थ्योरीमा कुनाल नायर र २४ मा भेटान अभिनेता अनिल कपूरको उपस्थितीले राम्रो छाप छाड्यो ।

 

चर्चा धेरै पारिश्रमिक कम

हलिउडमा यि कलाकारहरुले ख्याति र चर्चा बटुेलेपनि अझै लाखौँ भारतीयहरुको चासो भने हलिउडप्रति छैन् । भारतीयहरुमा के छ भने हलिउडमा युरोप तथा अमेरिकाका कलाकारको तुलनामा बलिउड कलाकारलाई निकै कम पारिश्रमिक मिल्छ ।

इरफान खानले सन् २०१५ मा २ मिलियन अमेरिकी डलरभन्दा कम पारिश्रमिक पाएको फोब्र्सको सूचिमा उल्लेख छ । जबकी बलिउडमा भारतका चर्चित कलारकारले एक चलचित्र बराबर ७५०,००० अमेरिकी डलरदेखी ५ मिलियनसम्म कमाउँछन् । ‘हलिउडमा मैलेँ भारतमा पाएको पारिश्रमिकको एक चौथाइ पनि कमाउँदिन । जब तपाईले हलिउडमा मूख्य भूमिका फिल्म खेल्नुहुन्छ र ठूलो बजारमा चर्चा पाउनुहुन्छ त्यसपछि मात्रै तपाईले राम्रो कमाउने हो,’ खान भन्छन् ।

प्रियांका चोपडा र दीपिका पादुकोणले भने हलिउडमा राम्रो पारिश्रमकि पाएका छन् । बलिउडमा एउटा चलचित्रका लागि झन्डै १ मिलियन अमेरिकी डलर पारिश्रमिक लिने प्रियंकाले क्वान्टिको शृंखलाबाट ४ मिलियन पाइन् ।

बिग ब्यांग थ्योरीका अभिनेता कुनाल अयारले भने राम्रो आम्दानी गरेका छन् । बेलायतमा जन्मिएर भारतमा हुर्किएका कूनाल सन् २०१५ मा टेलिभिजनबाट सर्वाधिक कमाउने कलाकारको सूचिमा तेस्रो नम्बरमा थिए । फोब्सले विश्वभरका कलाकारको तथ्यांक केलाएर सार्वजनिक गरेको सूचिमा उनी २० मिलियनभन्दा बढी कमाउने कलाकारमध्ये एक हुन् ।

(बीबीसीबाट )

Logo