श्यामको रोमान्टिक गीत सार्वजनिक

श्यामको रोमान्टिक गीत सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २६ साउन । गायक श्याम कार्कीको रोमान्टिक गीत युट्युव मार्फत् सर्वजनिक भएको छ । माया प्रेममा आधारित गायनमा लोकप्रिय रहेका श्यामको तिम्रो मायामा भन्ने गीतको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको हो ।

राजन तिमिल्सिनाले संगीत दिएको उक्त गीतमा सुलभ भट्ट र एन्जल श्रेष्ठले अभिनय गरेका छन् । रवी मल्लको शब्द रहेको यो गीतको म्युजिक भिडियोलाई बिवोर पोखेरेलले निर्देशन गरेका हुन् ।

श्यामको पछिल्लो गीत तिम्रो मायाले बााधेर राख पनि दर्शक र श्रोताले सर्वाधिक रुचाएका थिए । श्यामले हाल सम्म आधा दर्जन गीत र कभर सङ्ग गएका छन् ।

तिम्रो मायामा गीतको म्युजिक भिडियो

Logo