यस्ता छन् प्लेब्वायका प्लेब्वाय  

यस्ता छन् प्लेब्वायका प्लेब्वाय  

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २५ साउन ।

‘प्लेब्वाय’ म्यागेजिन जस्तै छवि बनेको छ, त्यसका मालिकको पनि । ९१ वर्षीय ह्यु हेफनर रसिक छन्, रोमान्टिक छन् । तीनजनासँग विवाह नै गरिसकेका छन्, उनले । ह्युकी तेस्री पत्नी त उनीभन्दा ६० वर्ष कम उमेरकी थिइन् । 

ह्युको लाइफ स्टाइल जहिले पनि चर्चामा हुन्छ, उत्तिकै आलोचना पनि । यद्यपि उनी करिअरको पूवाद्र्धमा एकदमै सरल थिए । उनलाई प्लेब्वाय म्यागेजिन निकाल्ने जुक्ति आयो । त्यसपछि भने उनको रसरंगपूर्ण जीवनको पनि थालनी भयो । – सन् १९५१ म उनी एक म्यागेजिनको कपी राइट समेत गर्थे । त्यसबेला उनको उमेर २५ वर्ष मात्र थियो । एक दिन उक्त म्यागेजिनको शिकागोस्थित कार्यालय बन्द भएर न्युयोर्क शिफ्ट भयो । 

– यद्यपि हेफनर न्युयोर्क जान चाहँदैनथे । उनले आफ्नो कामबाट हात झिके र बालबालिका सम्बन्धी अर्को पत्रिकामा काम गर्न थाले । यही क्रममा हो, उनले पुरुषका लागि म्यागेजिन निकाल्ने सोच बनाएको । 

– उक्त म्यागेजिनका लागि उनले आफ्ना सबै कुरा दाउमा लगाए । तर, उनी निश्चिन्त भने थिएनन् । पहिलो अंक निकालेपछि अर्को अंक कहिले निकाल्ने भन्नेमै उनी ढुक्क थिएनन् । त्यसैले उनले प्लेब्वाय म्यागेजिनको पहिलो अंकमा प्रकाशित मिति उल्लेख गरेनन् । यद्यपि उनले नसोचेको भइदियो । पहिलो अंकमै यो म्यागेजिनले हंगामा मच्चायो । 

– हेफनरले ३१ डिसेम्बर २०१२ मा तेस्रो विवाह गरे । त्यसबेला उनको उमेर ८६ वर्षको थियो । उनकी पत्नी क्रिस्टल ह्यारिस भने २६ वर्षकी । 

– यस विवाहमा कुनै फिल्ममा जस्तो नाटकीय मोड आएको थियो । कथाको सुरुआत २००९ मा भयो, जब हेफनरले आफ्नी ७ वर्ष पुरानी गर्लफ्रेन्ड हाली मेडिसनसँग नाता तोडेर ह्यारिससँग रोमान्स गर्न थाले । 

– डिसेम्बर २०१० मा उनले ह्यारिससँग इंगेजमेन्ट गरे । विवाहको मिति १९ जुन २०११ का लागि तय गरिएको थियो । तर, विवाह हुनुभन्दा ५ दिनअघि ह्यारिसले उक्त सम्बन्ध तोड्ने घोषणा गरिन् ।

 – त्यतिबेला जुलाई अंकको प्लेब्वाय म्यागेजिन बजारमा आइसकेको थियो । त्यसको कभरमा तिनै क्रिस्टल ह्यारिसको फोटो थियो । म्यागेजिनमा उनले मिसेज क्रिस्टल हेनिफर लेखेकी थिइन् । तर, पछि उक्त नाममा स्टिकर लगाएर लुकाइयो ।  

– फेरि डिसेम्बर २०१२ मा हेफनर र ह्यारिसको पुनर्मिलन भयो । उनीहरूले ३१ डिसेम्बर २०१२ मा विवाह गरे । (एजेन्सीको सहयोगमा)

Logo