सय फिल्म खेलेर पनि गुमनाम (भिडियो कथा)

सय फिल्म खेलेर पनि गुमनाम (भिडियो कथा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४ साउन ।

– उमेर – ७७ वर्ष

– हुलिया – अग्लो तर जीर्ण शरीर । सेतै फुलेका कपाल ।

 – पेसा – अभिनय ।– फिल्म संख्या – करिब १०० वटा ।

– अभिनय यात्रा – ‘जीवनरेखा’ देखि सुरु ।

– हिन्दी फिल्म – पञ्चवटी (नायक सुरेश ओबेराय र नायिका   दीप्ति नवल)

– कुनै बेला उहाँविना फिल्म नै बन्दैनथ्यो भन्यो भने पनि गलत हुँदैन । जीवनरेखादेखि पछि बनेका धेरैजसो फिल्ममा उहाँको अभिनय हुन्थ्यो नै । एक सय फिल्ममा अभिनय गरेको कलाकार हो उहाँ ।

यति परिचयले चिनिएला उहाँलाई ? उहाँ हुनुहुन्छ, अभिनेता जयनन्द चन्द ठकुरी ।

करिब ७ वर्षदेखि उहाँ घरको चारदिवारीमा सीमित हुनुभएको छ । हिँड्नलाई वाकर र अन्य दैनिकीका लागि सहारा र सहयोगी उहाँलाई अनिवार्य भएका छन् । तैपनि उहाँमा आत्मविश्वासको कमी छैन । उहाँ “अझै अभिनय गर्न सक्छु” भन्नुहुन्छ ।

कसैप्रति गुनासो नभएको बताउने जयनन्दको वर्तमान कष्टपूर्ण छ । प्रस्तुत छ, उनै अभिनेता जयनन्दको जिन्दगीको उत्तराद्र्धलाई समेटेर अदिती पौडेलले तयार गरेको यो भिडियो कथा – 

Logo