कलाकार शान्तकुमार राई अस्पताल भर्ना

कलाकार शान्तकुमार राई अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २४ साउन ।

चर्चित आधुनिक चित्रकार शान्तकुमार राई अस्पताल भर्ना भएका छन् । तीन दिनअघि पेटमा समस्या देखिएपछि उनी जाउलाखेलस्थित अल्का अस्पताल भर्ना भएका हुन् ।

अल्का अस्पतालका अनुसार उनको पेटमा पानी जमेको छ र पित्तथैलीमा ट्युमर देखिएको छ । केही दिनपछि उनको शल्यक्रिया गरिने पनि अस्पताल स्रोतले जनाएको छ ।

आधुनिक चित्रकारितामा नाम कमाएका प्राज्ञ राई किरण मानन्धर कुलपति भएको ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकला विभाग प्रमुख थिए । उनी आर्ट काउन्सिलका सचिव र न्युआर्ट सर्कलका महासचिव हुन् ।

 

Logo