हेर्दा हुने प्रेमगीत २

हेर्दा हुने प्रेमगीत २

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ साउन ।

चलचित्र भित्र
निर्माण संस्था – आसुसेन फिल्म्स
निर्माता – सन्तोस सेन
लेखन–निर्देशक – रामशरण पाठक
कलाकार – प्रदिप खड्का, अश्लेशा ठकुरी, सन्तोस सेन आदि ।

चलचित्र प्रेमगीत २ गत साता (श्रावन १३) बाट प्रदर्शनमा आएको छ । आसुसेन फिल्म्स को ब्यानरमा बनेको यो चलचित्रमा प्रदिप खड्का, अश्लेशा ठकुरी, सन्तोस सेन लगायतको मुख्य भूमिका छ । यो समीक्षा लेख्न बस्दासम्म चलचित्रले हालसम्म लगभग ३ करोडको ब्यपार गरिसकेको बताइएको छ । चलचित्र लागेका अधिकांश सिनेमा घर हाउसफुल हुनुले पनि प्रेमगीत २ को सफलतालाई पुष्टि गर्छ ।

चलचित्र प्रेमगीत राम्रो बनेकोमा कुनै संखा छैन । आमदर्शकको नजरबाट हेर्दा यो चलचित्रले धेरै नै राम्रो प्रतिक्रिया पाएको छ तर क्रिटिक्सको दृष्टिकोणमा यो चलचित्र भित्र कमजोरीका थुप्रै दृष्य देखिन्छन् । रोमान्स, रोदन र एक्सनले भरिएको प्रेमगीत २ हेर्दा मध्यान्तर अघि चलचित्र प्रेमगीतको झल्को आउ“छ । नायक प्रदीप खड्का अर्थात प्रेमको अभिनयले दर्शकलाई हसाइरहन्छ । झ्याप्प कपाल पालेको, अरुले फुर्काउ“दा फुर्किने प्रेमको अभिनय राम्रो रहेको छ । तर प्रदिपलाई प्रस्तुत गर्ने सन्दर्भमा निर्देशकीय क्षमता कता कता कमजोर देखिन्छ । प्रेमगीत २ कै लागि भनेर अन्य चलचित्र नगरेका प्रदिपको स्टारडमलाई सुहाउ“दो इन्ट्रोेडक्सन दिन निर्देशक चुकेका छन् ।

मध्यान्तर पछि एकाएक एक्सन ब्वाइ बन्न अग्रसर हुने प्रदिप पहिलो हाफमा भने नारीहरु जस्तो लजालु स्वभाव र हाउभाउ गरिरहेका हुन्छन् । समग्रमा प्रदिपको चरित्रलाई निर्देशकले जुन बोल्ड अवतार दिन सक्थे त्यो सुरुवातमा दिएका छैनन् । नायक प्रदिप नायिका अश्लेशा ठकुरी अर्थात गीतको मायाजालमा परेको कथालाई जस्टिफाइ गर्न निर्देशक चुकेका छन् ।

नायिका अश्लेशा ठकुरी अर्थात गीत को अभिनय पहिलो हाफमा अपरिपक्व लाग्न सक्छ । तर हेर्दै गए पछी कथा अनुसार उनको अभिनय ठिकठिकै लाग्छ । पहिलो चलचित्र भएकाले पनि अश्लेशाको यो कामलाई ठिकै भन्न सकिन्छ । तर आगामी दिनमा उनले यो प्रकृतीको अभिनय गरेरमात्र पुग्दैन् ।

चलचित्र म्यानमारबाट सुरु हुन्छ, ४ पुस्तादेखि बर्मा बस्दै आएका नेपालीहरुको जीवनशैली देखाउदै फिल्म अघि बढ्छ । लामो समयदेखि विदेशी भुमिमा विदेशी नागरिकको हैसियतमा बसेपनि नेपाल र नेपाली संस्कृती मोह त्याग्न नसकेका बर्मेली नेपालीहरु आफ्नो मातृभुमी र यो देशका नागरिकहरुबाट कस्तो व्यवहार भोग्न बाध्य छन् भन्ने पनि चलचित्रमा प्रस्तुत गरिएको छ ।

मिलन र बिछोडका थुप्रै पुलिन्दा जोडिएको चलचित्रको सेकेन्ड हाफमा नायक प्रदिप म्याचोर स्टेटमा देखिन्छन् । अफ्नो माया पाउनको लागि प्रेमले गरेका अनेक प्रायस र संघर्षले दर्शकलाई बाधिरहन्छ । निर्माता तथा चलचित्रका भिलेन सन्तोश सेनलाई फाइटर अङ्गदको भूमिकामा गजबस“ग पर्दापण गराइएको छ । अभिनयका हिसाबले कमजोर भएपनि उनले आफ्नो चरित्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेका छन् । उनको एटिच्युड गजबको लाग्छ । अंगदको प्रवेश पछि चलचित्र अर्को रोमान्चक मोडमा पुग्छ । आगामी दिनमा अभिनयका हिसाबले सन्तोषले आफ्नो संभावना पेश गरेका छन् ।

चलचित्रमा मयान्मार बाट आफ्नो देश नेपाल घुम्न आएकी गीत को भेट प्रेम स“ग हुन्छ र उनले घुम्न र साथै गीतको हजुरआमाको चिनो भेटाउन पनि प्रेमले सहयोग गर्छन र त्यही क्रममा प्रेम, गीत को प्रेममा पर्छन् । गीत मयान्मार फर्किन्छे । र, प्रेम पनि गीतको खोजीमा जान्छन् । त्यसपछि प्रेमले गीतलाई पाउ“छन कि पाउ“दैनन् ? आङ्गदको ट्रेलरमा देखिएको फाइट किन गरेको हो भन्ने कुरा चाहि चलचित्र हेरे पछि नै थाहा हुन्छ ।

अन्तत चलचित्रमा देश प्रेम, प्रेम र गीत वीचको प्रेम र आङ्गदको प्रेमलाई पनि देख्न सकिन्छ । चलचित्रको सिनेमाटोग्राफी अब्बल लाग्छ । प्राविधिक हिसाबले चलचित्र जर्बजस्त लाग्छ । रारा ताल आसपासका क्षेत्र देखि बैंककसम्मका दृष्य गजबका छन् । चलचित्रको शिर्षगीत र त्यसको छायाकंन पनि तारिफयोग्य छ । मध्यान्तर अघिका २ गीत भनें अकल्पनिय हिसाबले जर्बजस्ती घुसाइएका छन् । अमिल्दो ढंगले प्रवेश गरेका ती गीतले खासै अर्थ राख्दैनन् । चुस्त तरिकाले कथा वस्तु बगेपनि बीचबीचमा लय नमिल्दा खल्लो लाग्छ । क्लाइमेक्सका सन्दर्भमा पनि बलिउड फर्मुलाको साथ लिइएको छ । कमजोर नायकले साहस जुटाएर फाइट खेलेपनि उसको निरिहताले क्लाइमेक्स खल्लो बनाइदिएको छ ।

यद्यपी प्रेमगीत २ समग्रमा राम्रो प्रेमकथाको एउटा चलचित्र हो । चलचित्र हेरुन्जेल बोर हुने खासै ठाउ नभएकाले यो चलचित्रलाई दर्शकले राम्रो चलचित्रको ट्याग दिएका हुन् । नेपाली चलचित्रलाई माया गर्ने दर्शकले यत्तिको चलचित्र हेर्दा खासै फरक नपर्ला ।

Logo