२५ बर्षमै काजोलले विवाह गर्नुको रहस्य

२५ बर्षमै काजोलले विवाह गर्नुको रहस्य

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, २१ साउन । बजिगर, दिलवाले दुल्हनिया ले जायेंगे, प्यार किया तो डरना क्या, कभी खुसी कभी गम जस्ता फिल्मकी नायिका काजोल हालै ४३ बर्ष पुगिन् । ५ अगस्ट १९७४ मा मुम्बईमा जन्मिएकी काजोलले १९९९ मा अजय देवगनसँग बिवाह गरेकी थिइन् । त्यसबेला उनको उमेर केवल २५ बर्षको थियो । र, उनको करियर उत्कर्षमा थियो ।

जतिबेला काजोलको करियर उत्कर्षमा थियो, त्यही बेला उनले किन बिवाह गरिन् ? उनले बिवाहको निर्णय किन लिइन् ? यसको जबाफ उनले १७ बर्षपछि एक अन्र्तवार्तामा दिएकी थिइन् । 

– एक अन्र्तवार्तामा काजोलले खुलासा गरेकी थिइन् कि, उनले फिल्ममा काम गरेको ९ बर्ष भइसकेको थियो । हरेक बर्ष ४–५ वटा फिल्मले उनलाई घेरेको हुन्थ्यो । उनीसँग सबैकुरा थियो, पैसा, सम्मान, सफलता, चर्चा । तर, उनीसँग आफ्नो लागि समय थिएन । त्यही निजी समय व्यतित गर्नका लागि उनले विवाहको निर्णय लिइन् । 

– ‘त्यसबेला मैले तय गरें कि, अब  बिहे गर्छु । र, बर्षमा धेरैमा एउटा फिल्म खेल्नेछु ।’ 

अजयसँग सल्लाह लिन्थिन् काजोल

एक अन्र्तवार्तामा काजोलले भनेकी छिन् कि, अजयसँग पहिलो सट (फिल्म हलचलका लागि) दिएसँगै उनलाई महशुस भयो कि, यहि मान्छेले मेरो जीवनमा सबैभन्दा अहंम भूमिका खेल्न सक्छ । त्यसबेला काजोल र अजय दुबै अरुसँग रिलेसनसिपमा थिए । काजोल–अजय केवल साथीको रुपमा मात्र थिए । त्यसबेला काजोलले आफ्नो रिलेसनसिप र लभ लाइफको बारेमा अजयसँग सल्लाह लिने गर्थिन् । र, गुरुजीले जस्तै गरेर अजयले उनलाई टिप्सहरु दिन्थे । 

कसरी नजिकिए काजोल र अजय 

दुबैको पहिलो भेट हलचल फिल्मको सुटिङमा भएको थियो । त्यसबेला उनीहरु साथीको रुपमा थिए । अजय त्यसबेला अलग्गै एकान्तमा बस्थे । धेरै कुरा गर्दैैनथे । काजोललाई लाग्यो कि, यस्तो भलाद्मी को हुन्, जो चुपचाप बस्न सक्छन् ? 

विस्तारै विस्तारै उनी काजोलसँग कुराकानी गर्न थाले । त्यस फिल्मपछि उनीहरुले एकसाथ केहि फिल्ममा अभिनय गरे । जस्तो इक्स, प्या तो होना ही था, दिल क्या करे, राजु चाचा । यसरी एकपछि अर्को फिल्मले उनीहरुलाई भावनात्मक रुपमा पनि जोड्दै लग्यो । 

विवाहपछि लाग्यो काजोलको करियरमा ब्रेक 
अहिले काजोल र अजयको जोडी बलिउडमा बेस्ट जाडी मानिन्छ । काजोल छोरी न्यासा र छोरा युगकी आमा बनेकी छिन् । आफ्ना बच्चा र परिवारका लागि उनले केहि समय फिल्ममा ब्रेक लिइन् । उनको पछिल्लो फिल्म दिलवाले रिलिज भएको थियो । अब उनी चाडै साउथ इन्डियन फिल्म भिआइपी २ मा धनुषसँग देखिदैछिन् । (एजेन्सी)

Logo