को हुन् यी, जसले गरे इन्टरनेट कब्जा

को हुन् यी, जसले गरे इन्टरनेट कब्जा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ साउन ।

संसारका सेलिब्रेटी होइनन्, उनीहरू । न धनाढ्य नै । उधुम मच्याउने काम पनि गरेका छैनन् । बस्, फोटो खिचेर सोसल साइटमा अपलोड गरेका छन् । यत्तिकै भरमा उनीहरू इन्टरनेटमा भाइरल बनेका छन् ।

प्रसंग सुरु गरौं, एरियेनी सेलेस्टीबाट । अमेरिकामा बसोबास गर्ने उनी सामान्य मोडल हुन् । यिनी टेलिभिजन पर्सनालिटीका रूपमा पनि चिनिन्छिन् । उमेरले ३१ वर्ष काटेकी उनलाई सोसल मिडियामा पछ्याउने लाखौं छन् । केवल इन्स्टाग्राममा मात्र उनलाई २६ लाखले फलो गरेका छन् । अहिले उनले स्न्याप च्याटमा पनि धुम मच्याएकी छिन् । हरेक दिन हट फोटो अपलोड गरेर एरियेनीले वाहवाही बटुलेकी छन् ।

 

अर्की छिन्, डेमी रोज माउबी । यी बेलायती युवती पनि इन्टरनेटमा चर्चित छिन् । बर्मिङघममा बस्ने उनको इन्स्टाग्राममा ३६ लाख फलोअर्स छन् ।
जेसिका क्रिबनले पनि सोसल मिडियामा हंगामा मच्याएकी छिन् । उनी अस्ट्रेलियन मोडल हुन् । इन्स्टाग्राममा उनलाई करिब ६ लाखले फलो गरिरहेका छन् । अहिले अमेरिकामा बसोबास गरिरहेकी उनको विश्वभरमा फलोअर्स छन् ।

 

लिन्ड्से पेल्सलाई इन्स्टाग्राममा ५६ लाखले पछ्याएका छन् । यी २५ वर्षीय सुन्दरी अमेरिकामा बस्छिन् । उनले स्न्याप च्याटमा पनि धुम मच्याएकी छिन् ।

 


टुची कास चाहि“ मोडल हुन् । र, उनलाई इन्स्टाग्राममा १५ लाखले फलो गरेका छन् । हरेक दिन उनी आफ्नो हट फोटो इन्स्टाग्राममा अपलोड गर्छिन् ।
केन्थल जेलस, जसको इन्स्टाग्राममा ४० लाख फलोअर्स छन् । स्न्याप च्याटमा पनि उनको सौन्दर्यको पारख गर्नेहरू धेरै छन् ।

 

 

न्युजिल्यान्डमा बसोबास गर्ने गेमा ली फेरल पनि इन्टरनेटमा चर्चित छिन् । उनलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १० लाखभन्दा बढी छ । हरेक दिन हट फोटो अपलोड गरेर उनले फलोअर्स बढाइरहेकी छिन् ।
(एजेन्सी)

 

Logo