यस्तो पारदर्शी पहिरनमा बलिउड अभिनेत्रीहरू

यस्तो पारदर्शी पहिरनमा बलिउड अभिनेत्रीहरू

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १७ साउन ।

बलिउड अभिनेत्रीहरू कहिलेकाहीँ यस्तो पहिरनमा पदार्पण हुन्छन्, जसले जिब्रो टोक्न बाध्य तुल्याउँछ ।
जानेर वा अन्जानमा उनीहरू पहिरनले गर्दा पनि चर्चामा आउँछन् । कहिलेकाहीं भित्री वस्त्र देख्ने पहिरनमा त कहिले फाटेको पहिरनमा देखिन्छन् । उनीहरूको गजबको पहिरन शैली एयरपोर्टदेखि फिल्मी समारोहहरूमा समेत छचल्किन्छ ।

दीपिका पादुकोण
मुम्बईको एयरपोर्टमा दीपिका पादुकोण पारदर्शी पहिरनमा प्रस्तुत भइन् । भर्खरै मात्र पनि दीपिका बोल्ड पहिरनका लागि चर्चामा आइन् । आफू अभिनित हलिउड फिल्मको प्रिमियरमा सहभागी बन्न पुगेकी उनको उदाङ्गो पहिरनले राम्रै हल्लीखल्ली मच्यायो ।

 

सनी लियोनी
पोर्न उद्योगबाट बलिउड छिरेकी सनी लियोनीका लागि शरीर उदाङ्गो पार्नु ठूलो कुरा भएन । ‘जिस्म–२’ बाट बलिउड डेब्यु गरेकी उनी फिल्म ‘ज्याकपट’को स्क्रिनिङमा कामुक पारदर्शी पहिरनमा देखा परेकी थिइन् ।

श्रद्धा कपुर
प्रसंग ‘रक अन–२’ ट्रेलर सार्वजनिक गर्दाको हो । फरहान अख्तर स्टारर ‘रक अन–२’ को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा पुगेकी श्रद्धाको पहिरन हेर्न लायक थियो । पारदर्शी पहिरनमा ठाँटिएकी उनले ‘रक अन–२’ मा गीत समेत गाएकी छिन् ।

कट्रिना कैफ
अभिनेत्री कट्रिना कैफ पनि पारदर्शी आउटफिटमा देखा परेकी थिइन् । प्रसंग हो, २०१५ को । मुम्बई एयरपोर्टमा उनी यस्तो हट लुक्समा भेटिएकी हुन् । त्यसो त यसअघि रणबीर कपुरसँग एक समुन्द्री किनारमा बिकिनीमा समेत उनको फोटो बाहिर आएको थियो ।

 

आलिया भट्ट
‘स्टुडेन्ट अफ द इयर’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी आलिय ‘मर्डर–३’ को स्क्रिनिङमा निलो रंगको पारदर्शी टप्समा झुल्किएकी थिइन् । फिल्मको अभिनयले भन्दा पनि यही पारदर्शी पहिरनले गर्दा उनको चर्चा चुलियो । त्यसो त पूजा भट्टकी बहिनी, महेश भट्टकी छोरीलाई यस्तो बोल्ड स्वरूपमा देखिनु नौलो पनि भएन ।

मल्लिका शेरावत
मल्लिका यसै पनि हट अभिनेत्री हुन् । उनले हलिउडमा समेत आफूलाई चिनाइसकेकी छिन् । फिल्म ‘इनग्लोरियस बास्टर्डस्’ को प्रिमियरमा उनी निकै पारदर्शी पहिरनमा देखा परेकी थिइन् ।

बिपासाको बासु
फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डरको फोटोसुटमा उनी पारदर्शी पहिरनमा देखिएकी थिइन् । यस्तो पहिरनमा उनको सौन्दर्य निकै खुलेको थियो ।

सोफी चौधरी
गायिका एवं नृत्यांगना सोफी चौधरी एक अवार्ड समारोहमा यति पारदर्शी पहिरनमा प्रस्तुत भइन् कि, देख्नेहरू भुतुक्कै भए । ‘प्यारके साइड इफेक्ट्स’मा पनि सोफीको ड्रेसिङ सेन्स धेरै आकर्षक थियो ।

शर्लिनको चोपडा
शर्लिन सिनेमामा बोल्ड सिन दिन खासै कन्जुस्याँई गर्दिनन् । ‘कामसूत्र’ फिल्मका कारण पनि उनको चर्चा हुने गरेको छ । कान्स फिल्म फेस्टिभलमा उनी निकै पारदर्शी पहिरन लगाएर रेड कार्पेटमा हिँडेकी थिइन् ।

जरीन खान
बोल्ड सिनका कारण बेलाबखत चर्चामा रहने जरीन खान पनि पारदर्शी पहिरन लगाउनमा खासै परहेज गर्दिन् । २०१४ मा उनको यस्तो लुक्सको सर्बत्र चर्चा भएको थियो ।

नरगिस फखरी
बोल्ड फोटोसुट गर्ने र वेस्टर्न पहिरनमा ठाँटिने नरगिसले एक इभेन्टमा यस्तो पारदर्शी पहिरन लगाइन्, जसले सबैको ध्यान खिच्यो ।

 

Logo