अन्तत आमाले सोधिन्, “तिमी नग्न भएकी थियौं ”

अन्तत आमाले सोधिन्, “तिमी नग्न भएकी थियौं ”

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १६ साउन ।

सनी लियोनी, जो अहिले बलिउडमा छाइरहेकी छिन् । पोर्न उद्योग हुँदै उनी बलिउडमा अवतरण गरेकी हुन् । यसमा पुल बन्यो, बिग बोस । बिग बोसको घरमा आएकी उनी फेरि पुरानो लयमा फर्किएनन् । यतिबेला उनी धमाधम हिन्दी फिल्ममा देखिदैछन् । यस्तो लाग्दैन, उनी पोर्नस्टार हुन् ।

तर, हालै एक वृत्तचित्र सार्वजनिक भएको छ । त्यसले उनको विगतलाई आलो बनाइदिएको छ । दिलीप मेहताले बनाएको यो बृत्तचित्रमा सनीले यस्ता खुलासा गरेकी छिन्, जसले तपाईलाई जिब्रो टोक्न बाध्य पार्छ ।

यसरी लुकाएकी थिइन् आफ्नो करतुत
सनीले बृत्तचित्रमा भनेकी छिन्, ‘जब मैले पेन्टहाउस म्यागजिनको लागि पहिलो पटक पोज दिएँ, त्यसबेला मेरा अभिभावक जीवित थिए । उनीहरुलाई मेरो कामबारे थाहा थिएन । किनभने म घरको आसपास जान्थें, सबै पसलमा पुग्थें र सबै म्यागजिन खरिद गर्थें ।’

भाइको नाम सापटी
सनीका भाई सन्दीप वोहराले भनेका छन्, ‘मेरी दिदीले मलाई भनेकी थिइन्, पेन्ट हाउसले उनलाई स्टेजको नाम छान्न भनेका छन् । तब, उसको दिमागमा मेरो नाम आएछ । त्यसमा मलाई कुनै असर छैन ।’

सनीले भनेकी छिन्, ‘जब आमाले यो कुरा थाहा पाइन्, रिसाइन् । दुखी भइन् ।’

जब भाइका साथीले मागे अटोग्राफ
‘जब भाई कलेजमा थिए, अतिरिक्त पैसा कमाउन चाहन्थे’ सनीले भनेकी छिन्, ‘उसले मलाई भन्यो कि, के तिमी मलाई अटोग्राफ दिन सक्छौ, जो म आफ्नो साथीलाई बेच्न सक्छु । मैले स्विकार गरिदिएँ ।’

अन्तत आमाले सोधिन्, तिमी नग्न भएकी थियौं ?
‘मैले पेन्टहाउस म्यागजिनको पेन्ट अफ द ईयर अवार्ड जितेपछि अभिभावकलाई आफ्नो पोर्न करियरको बारेमा बताएँ । मैले भनेकी मलाई एक लाख डलरको पुरस्कार मिलेको छ । तर, आमा निकै समय चुप रहिन् र बोलिन्, के तिमी नग्न भएकी थियौं ?’

पापाले भने, यो निर्णय लिनुअघि किन तिमीले हामीलाई सोधेनौ ?

 

Logo