सर्वाधिक धनी पोर्न स्टार

सर्वाधिक धनी पोर्न स्टार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।

विश्वमै एडल्ट फिल्मको कारोबार तीव्र रूपमा बढिरहेको छ । यस उद्योगमा बर्सेनी १५ सय बिलियन डलरको कारोबार हुने गरेको छ । अतः यस क्षेत्रमा काम गर्नेहरूको आर्थिक हैसियतले पनि आकाश छोएको छ ।

यस्ता फिल्ममा अभिनय गर्ने हिरो/हिरोइनलाई दिल खोलेर पैसा दिइने गरिएको छ । यसैको कारण यिनीहरू धनाढ्यको सूचीमा आउने गरेका छन् । अतः यहा“ विश्वका पा“च सबैभन्दा धनी पोर्नस्टार को हुन् ? उनीहरूसंग कति सम्पत्ति छ ? यसबारे जानौं ।

 

जेना जेमस– विश्वका सबैभन्दा धनी पोर्नस्टारमा जेना जेमसनको नाम सूचीकृत छ । पोर्नकी महारानी भनिने जेनाको बर्सेनी कमाइ १६ अर्ब ८० करोड रुपैया“ छ । करिब १ सय ६० भन्दा बढी पोर्न फिल्ममा अभिनय गरेको रेकर्ड बनाएकी जेनाको सफलताको श्रेय भने उनको वेबसाइटलाई दिइन्छ ।

टेरा पैट्रिक– धनी पोर्नस्टारको सूचीमा उनी दोस्रो नम्बरमा छिन् । ८ अर्ब ४० करोड रुपैया“की मालिक टेराले अहिलेसम्म सय फिल्ममा काम गरिसकेकी छिन् । आफ्नो आय बढाउनका लागि उनले टेराविजन नामक एक प्रोडक्सन हाउस समेत स्थापना गरेकी छिन् । यस मार्फत प्रत्येक वर्ष करिब १७ अर्ब रुपैयाको लागतमा औसत १५ फिल्म निर्माण हुने गरेको छ ।

पीटर नर्थ– ७० भन्दा बढी एडल्ट फिल्मको निर्देशन गरिसकेका पीटर नर्थ विश्वका तेस्रो धनी पोर्न स्टार मानिन्छन् । करिब ६ अर्ब रुपैयाँका मालिक पीटरले १८ सय भन्दा वढी फिल्ममा काम गरिसकेका छन् ।

जेसी जेनी– विश्वको चौथो धनी पोर्न स्टारको दर्जा जेसी जेनीले पाएकी छिन् । ४ अर्ब ५० करोड रुपैया“की मालिक यिनले ७५ फिल्ममा काम गरेकी छिन् । यी पोर्न स्टारले केही मेन स्ट्रिम फिल्म र प्ले ब्वाइ टिभी सो नाइट कल्समा पनि काम गरेकी छिन् ।

ट्रेसी लडर्स– विश्वकै पा“चौ धनी पोर्न स्टार हुन ट्रेसी । करिब ४ अर्ब रुपैयाँ कमाइ गरेकी यिनले सय बढी फिल्ममा काम गरेकी छिन् । ट्रेसीले लेखेको पुस्तक ‘ट्रेसी लर्डस ः अन्डरनिथ इल अल’ लाई वेस्ट सेलिङ अथरको उपाधि मिलेको थियो ।

मारिया टाकागी–जापानी मूलकी एसियन पोर्न स्टार हुन् यिनी । मारियाले पोर्न फिल्मबाट २ अर्ब ६ करोड डलर कमाएकी छिन् । उनले २००३ मा ‘बेस्ट कन्भरसेसन’ विधामा जापानी पोर्न अवार्ड जितेकी थिइन् ।

रोन जेरेमी– अमेरिकन पोर्न उद्योगका सर्वाधिक चल्तीका अभिनेता हुने रोन । ९ दशमलव ७५ इन्च लामो लिंगका लागि यिनी विख्यात छन् । उमेरले ५७ वर्षीय रेन जवान छँदा निकै चम्किएका थिए । पोर्न फिल्मबाट उनले १० मिलियन डलर सम्पती कमाएका छन् ।
(एजेन्सी)

Logo