यस्तो छ फिटनेस फर्मुला

यस्तो छ फिटनेस फर्मुला

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।

महिला सौन्दर्यमा जिरो फिगरको खास महत्व छ । यद्यपि यस्तो फिगर बनाउन र त्यसलाई कायम राख्न त्यति सहज छैन । यही असहजतालाई जितेर बलिउड अभिनेत्रीहरू सधै आफूलाई फिट एन्ड फाइन राख्छन् । प्रस्तुत छ, बलिउड अभिनेत्रीहरूको फिटनेस फर्मुला ।

सोनमको फिटनेस एडिक्सन
स्टाइलिस अभिनेत्री सोनम कपुरको ध्यान अभिनयमा जति केन्द्रित छ, उति नै फिटनेसमा पनि । सोनमले भन्ने गरेकी पनि छिन्, ‘फिटनेस मेरो एडिक्सन हो ।’ उनी हप्तामा चार दिन वेट ट्रेनिङ गर्छिन् । यसका साथै योगा पनि गर्छिन् । योगले आफूलाई मानसिक शान्ति मिल्ने सोनमले बताएकी छिन् । उनी नियमित रूपले कार्डियो र डान्सिङ पनि गर्छिन् ।

नृत्य र पौडी त सोनमको सौख नै हो । यी दुवैले उनको फिटनेस मेन्टेन गर्न सहयोग पुगेको छ । त्यसो त फिटनेसका लागि सोनमले घरमै सानो जिम बनाएकी छिन्, जहा“ उनी बिहान र सा“झ व्यायम गर्छिन् । उनलाई वर्कआउट गर्न रुचि लाग्छ । खानपानमा ध्यान दिन्छिन् । यसैले उनले शरीरलाई उपयुक्त सेपमा ढाल्न सकेकी हुन् ।

फिटनेस आफ्नो जीवनको हिस्सा भएको बताएकी छिन्, जसले आफ्नो व्यक्तित्व र सुन्दर लुक दिएको छ ।

सोनमले दिनको प्रारम्भ नै फिटनेसबाट गर्छिन् । ३० मिनेट कार्डियो गर्छिन् । त्यसपछि एब्स र मसल्सको व्यायम गर्छिन् । हरेक दिन नृत्य अभ्यासमा जुट्छिन् । जुन दिन फुर्सद हुन्छ, घरमै आराम गरेर बस्छिन् । उनलाई लाग्छ– शरीरलाई आरामको पनि जरुरत हुन्छ ।

राती चाँडै खाने प्रयास गर्छिन् । खानामा धेरै चिप्लो वा मसलेदार हुनुहँुदैन । हेल्दी खाना खान्छिन्, यद्यपि स्वादिलो भने हुनुपर्छ ।

 

आउटडोर गेममा श्रद्धा
फिटनेसको चर्चा गर्दा छुटाउन नहुने अर्को नाम हो– श्रद्धा कपुर । बिहान र मध्यान्हको समयमा वर्कआउट गर्न बढी रुचाउने श्रद्धाले डाइट चार्ट अनुरुप स्वस्थ्य, सन्तुलित र नियन्त्रित खानापान गर्छिन् ।

श्रद्धाले ब्रेकफास्टका रूपमा एकदमै थोरै तेलमा बनाइने दक्षिण भारतीय परिकार उपमा, अन्डाको सेतो भागको अमलेट खाने गरेकी छिन् । खानामा चिया, हरियो सब्जी र दाल खान्छिन् । लन्चमा ब्राउन राइस र फिस करी पनि हुन्छ । उनी हरेक दुई घन्टाको अन्तरमा केही न केही खाइरहेकी हुुन्छिन् ।
विद्यार्थी कालमा श्रद्धा एथलेटिक्सको राम्रो खेलाडी थिइन् । उनी बास्केटबल र हेन्डबलमा पनि दख्खल राख्छिन् । अहिले पनि मौका मिल्नासाथ आउटडोर गेम खेल्छिन् । उनलाई जिम जान भन्दा आउटडोर गेममा रुचि छ । श्रद्धाको खानाको सूची निकै लामो छ । यद्यपि जस्तोसुकै खाना खाए पनि निकै चपाएर खाने बानी छ ।

ग्रीन टी सौखिन सोनाक्षी
‘दबंग गर्ल’ सोनाक्षी सिन्हाको वजन ९० किलो थियो जतिबेला उनले फिल्मी करिअर सुरु गरेकी थिइनन् । यद्यपि जब सलमान खानको को–स्टारका रूपमा ‘दबंग’ मा देखा परिन्, उनीे निकै स्लिम देखिइन् । आखिर यो कसरी सम्भव भयो ? सोनाक्षीले त्यसको राज खोलेकी छिन् ।

नियन्त्रित खानपान र नियमित वर्कआउटले नै आपूm ‘फिट एन्ड फाइन’ रहेको उनले बताएकी छिन् । सोनाक्षीको ब्रेकफास्ट नास्ताको रूपमा गहु“को टोस्ट, दूध खाने हुन्छ ।

११ बजे पछि उनी केही ड्राइ फुड र ग्रीन टी पिउने गर्छिन् । उनलाई लाग्छ– ग्रीन टीले तौल घटाउ“छ र छाला पनि राम्रो बनाउ“छ । लन्चमा रोटी र सब्जी, फ्रेन्च सलाद खान्छिन् । सा“झमा फलफूल र ग्रीन टी पिउँछिन् । शरीर र पेटलाई स्वास्थ्य राख्नका लागि सुत्नुभन्दा चार घण्टा अघि डिनर गर्छिन् । उनी दिनभर प्रशस्त पानी र ग्रीन टी पिउ“छिन् ।

सोनाक्षीले आफ्नो खान्कीमा चिल्लो वा मसालेदार खानेकुरा कटौती गरेकी छिन् । चामल र मिठाइ पनि खाँदैनन् । रक्सी र चुरोटको सेवनबाट टाढै रहन्छिन् । नियन्त्रित खानपानका साथै वर्कआउट, व्यायमलाई पनि उनले महत्व दिएकी छन् । तौल नियन्त्रण गर्न, मोटोपन घटाउन र शरीरलाई चुस्त राख्न नियमित रुपमा व्यायम गर्छिन् । उनी बिहान उठेपछि वेट लस ट्रेनिङ गर्छिन् । नियमित रूपमा हट योगा गर्छिन्, ४० डिग्री तापमानमा ।

योग क्रेजी करिना
युवतीहरूको सौन्दर्यको मानक हो– जीरो फिगर । जब जीरो फिगरको प्रसंग आउ“छ, कुनै न कुनै रूपमा करिना कपुर जोडिने गर्छिन् । फिल्म ‘टसन’ मा उनको जीरो फिगरले युवतीमाझ बहस नै सिर्जना गरेको थियो । उनैको यो लुक्स देखेर कैयौं युवती आफूलाई जीरो फिगरमा ढाल्न लालायित भए । बलिउडमा जीरो फिगरको चलन नै करिनाबाट सुरु भएको मानिन्छ ।

करिना फिटनेस विज्ञको सेड्युल अनुसार वर्कआउट गर्छिन् । जुन समय करिना धेरै व्यस्त रहन्छिन्, तब केवल प्राणायाम र योगआसन गर्छिन् ।

बलिउड अभिनेत्रीहरू योगअभ्यासमा पनि उत्तिकै रुचि राख्छन् । यस्ता अभिनेत्रीमा करिना कपुरको नाम छुटाउन मिल्दैन । उनी नियमित रूपले योगअभ्यास गर्छिन् । एकै समयमा ५० पटकसम्म सूर्य नमस्कार गर्न सक्छिन् । हरेक आसनमा ३० सेकेन्ड भन्दा बढी टिक्न सक्छिन् ।

बिहान उठ्नासाथ उनी तातो पानी पिउ“छिन् । त्यसमा मह र कागती मिसिएको हुन्छ । त्यसको केही समयपछि ग्रीन टी पिउ“छिन् । उनको ब्रेकफास्ट अलि हेभी हुने गर्छ । त्यसपछि हरेक दुई घण्टामा केही न केही खानेकुरा खान्छिन् । फिल्म सुटिङको बेला घरबाटै मेवा, चना आदि लान्छन् । मध्यन्ह उनी नरिवलको अचारस“ग डोसा खान्छिन् । सा“झको खानामा सेन्डविच र राती ओलिभ आयल र फ्रेस ससस“ग स्पागेट्टी हुन्छ । उनी सुत्नुभन्दा दुई घण्टाअघि नै खाना खान्छिन् ।

 

कंगनाको व्यायम र सन्तुलित खाना
कंगना रनावत बिहान चाँडै उठेर पावर योगा, प्राणायम र ध्यान गर्छिन् । त्यसपछि मार्सल आर्टसको अभ्यास गर्छिन् । स्टामिना बढाउनका लागि किक बक्सिङ पनि खेल्छिन् । उनी व्यायम र सन्तुलित भोजनमा निकै ध्यान दिन्छिन् ।

हप्तामा चार दिन जिम जान्छिन् जहा“ स्ट्रेथ ट्रेनिङ, कार्डियो गर्छिन् । हरेक दिन ४५ मिनेट योग गर्छिन् । १० मिनेट मेडिटेसन गर्छिन् । जिमले भन्दा योगले शरीरलाई फिट राख्ने उनको विश्वास छ । योगगुरु सूर्य नारायणले उनलाई विगत ९ वर्षदेखि योग सिकाइरहेका छन् । राम्रो स्वास्थ्यका लागि ७÷८ घण्टा निदाउ“छिन् ।

उनले डाइटमा ५० प्रतिशत काब्र्स, २५ प्रतिशत प्रोटिन लिने गर्छिन् । यसमा तरकारी, अन्डा, ग्रिल्ड चिकन, तोफु, दाल, स्किम्ड मिल्क हुन्छ । बिहान उठेपछि अमलेट लिन्छिन् । त्यसपछि एक प्लेट फलफूल लिन्छिन् । लन्चमा उमालिएको सब्जी, सलाद, चामल दाल वा चिकन रोटी लिने गर्छिन् । रातीको खाना पनि यस्तै हुन्छ । सुत्नुभन्दा तीन घण्टाअघि नै खाना खाने बानी छ ।

पौडी र नृत्यकी सौखिन अनुष्का
अनुष्का शर्मा हप्तामा चार दिन वेट ट्रेनिङ गर्छिन् । साथै योग पनि गर्छिन् । कार्डियो र डान्सिङलाई पनि उनले दैनिक आवश्यकताभित्र राखेकी छिन् । त्यसो त नृत्य र पौडी उनको सौख नै हो । उनले फिटनेसका लागि घरमै व्यायमशाला पनि बनाएकी छिन् । बिहान ६ बजेबाट उनको दैनिकी प्रारम्भ हुन्छ । सुरुमा एक्सरसाइज र योग गर्छन् । विदाको समय उनी मस्त आराम गर्छिन् । उनी तनाव लिँदिनन् ।

धेरै चिल्लो भएको स्पाइसी, तारेको, भुटेको खानेकुराबाट टाढै रहन्छिन् । अग्र्यानिक खाना खान्छिन् । धेरैजसो शाकाहारी भोजन लिन्छन् । ब्रेकफास्ट गरेको दुई घण्टापछि लन्च लिने गरेकी छिन् । लन्चमा चामल र बोनलेस ग्रिल्ड चिकेन, एक कप फलफूल हुन्छ । त्यसको तीन घण्टापछि ड्राइ फुड लिन्छिन् ।

फिटनेस आइकन दीपिका
त्यसो त सहकर्मी ज्याकलिन फर्नान्डिसले बलिउड फिल्म उद्योगमा दीपिका पादुकोणलाई फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा धेरै वर्कआउट गर्छिन् । फिटनेसको सम्बन्धमा उनको सामान्य सिद्धान्त छ, ‘हेल्दी खाऔं र हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुन मात्र होइन, शारीरिक रूपमा बलियो हुनु भनेर अथ्र्याउँछिन् । व्यायामका साथै स्वस्थ्य खानपानले नै आफूलाई फिट एन्ड फाइन राखेको उनको भनाइ छ ।

स्टाइलिस अभिनेत्री दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अन्डाको सेतो भाग र टोस्ट लिन्छिन् । त्यसको दुई घण्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने सा“झमा स्यान्डविच खान्छिन् । डिनरमा चिकेन, सब्जी र रोटी खाने गरेकी छिन् ।
(एजेन्सी)

Logo