बलिउड अभिनेता इन्द्रकुमारको निधन

बलिउड अभिनेता इन्द्रकुमारको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३ साउन । भारतीय अभिनेता इन्द्रकुमारको ४३ बर्षको उमेरमा हृदयघातका कारण शुक्रवार निधन भएको छ । अधेरीस्थित निवासमा विहान २ बजे उनलाई हृदयघात भएको थियो ।

बलिउड अभिनेता सलमान खानसंग वान्टेड र तुमको ना भूल पाएंगै जस्ता चलचित्रमा अभिनय गरेका इन्द्रकुमारले बलिउडमा निर्माण भएको करिव २० वटा चलचित्रमा अभिनय गरेका थिए । पछिल्लो पटक उनी कमेडी फिल्म फटी पडी है यारमा अभिनय गरिरहेका थिए ।

सन् १९९६ देखि बलिउडमा अभिनय करिअरमा लागेका इन्द्रकुमारले मासूम फिल्मवाट डेब्यू गरेका थिए । उनको अन्तिम फिल्म सन् २०१७ मा हु इज द फस्र्ट वाइफ आफ माई फादर आएको थियो । उनले अक्षय कुमारसंग पनि अभिनय गरेका थिए । यसैगरी उनले कुंवारा, घंूघट, दण्डनायक, माँ तुझे सलाम, हथियार जस्ता चर्चित चलचित्रमा अभिनय गरेका थिए । उनको अभिनयको चर्चा भने सलमान खानसंग वान्टेड फिल्ममा निभाएको भुमिकामा भएको थियो । 

उनले आफ्नो अभिनयको करिअर टेलिफिल्महरुमा पनि प्रस्तुत गरेका थिए । इन्द्रकुमारले क्योकि सास भी कभी बहू थीमा मिहिरको अभिनय गरेका थिए । इन्द्रकुमारको शुक्रवार साँझ नै अन्त्येष्टि गरिएको छ । (एजेन्सी)

Logo