१८ महिनाको मेहनत पछि प्रेम गीत २

१८ महिनाको मेहनत पछि प्रेम गीत २

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ८ साउन, काठमाडौं ।

यही शुक्रबारवाट प्रदर्शनमा आउने चलचित्र प्रेम गीत २ ले नयाँ–नयाँ प्रचार सामाग्री अपनाएर दर्शकलाई आकर्षित गरिरहेको छ ।

सायद सही कारण यो चलचित्र दर्शककावीच प्रतिक्षित बनेको छ । यस चलचित्रमा चक्लेटी अभिनेता प्रदीप खड्का र नयाँ नायिका अश्लेषाले मज्जासँग रोमांश गरेका छन् ।
चलचित्रका निर्देशक रामशरन पाठकका कुरा सुन्ने हो भने धेरै मेहनत पछि मात्र प्रेम गीत बन्न संभव भएको हो । भन्छन् –“१८ महिनाको मेहनत पछि बनेको हो ।”

प्रचार प्रसारको नयाँ–नयाँ तरिका अपनाउने निर्मता सन्तोस सेनले यसपाली पनि विभिन्न तरिकाले चलचित्रको प्रचार प्रसार गरिरहेका छन् । जस्तो, त्यो रोड शो, कभर सङ प्रतियोगिता आदी ।

चलचित्रले दर्शकको साथ मज्जाले पाउने कुरामा  अभिनेता प्रदीप मात्र होइन प्रेम गीत २ को टिम नै ढुक्क छ । तर जति नै प्रचार प्रसार गरे पनि दर्शक माझ नपुगी केही थाहा नहुनेमा पनि चलचित्र निर्माण पक्ष उत्तिकै सहज छ । आसुसेन फिल्म्स्को ब्यानरमा बनेको यो चलचित्र श्रावन १३ देखि प्रदर्शनमा आउदै छ ।

 

Logo