अब बलिउड कब्जा गर्नेहरू

अब बलिउड कब्जा गर्नेहरू

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ६ साउन, काठमाडौं ।

यस वर्ष बलिउडमा थुप्रै नया“ अनुहार भित्रिने सम्भावना छ । त्यो पनि, बलिउड स्टारकै छोराछोरी । यो पंक्तिमा श्रीदेवीकी छोरी जाह्न्वी, सैफ अली खानकी छोरी सारादेखि शाहरूख खान पुत्र आर्यन र अमिताभ बच्चनकी नातिनी नव्यासम्म छन् । भनिन्छ, भोलिका दिनमा बलिउड कब्जा गर्नेहरू यिनै हुन् ।

सारा अली खान
बलिउड अभिनेता सैफ अली खानकी पहिलो श्रीमती अमृता सिंहतर्फ जन्मेकी छोरी हुन्, सारा अली खान । कहिले पूर्व केन्द्रीय मन्त्रीको नातिस“ग डेटिङ गरेको त कहिले शाहिद कपुरका भाइ इशान खट्टरस“ग रिलेसनसिपमा रहेको चर्चाले मिडियामा छाइरहेकी सारा यसै वर्ष फिल्ममा देखिने सम्भावना छ ।
त्यसो त करण जौहरले बनाउन लागेको ‘स्टुडेन्ट अफ द इयर–२’ मा दुवैले स्क्रिन सेयर गर्ने बताइएको छ । अर्कोतिर ‘द फल्ट इन आर स्टार्स’ को रिमेकमा समेत सारा र इशानले इन्ट्री गर्ने चर्चा छ ।

जाह्न्वी कपुर
श्रीदेवी तथा बोनी कपुरकी छोरी जाह्न्वीको कामुक हाउभाउसहितको तस्बिरले बेलाबेलामा सोसल मिडियामा हंगामा मच्चाउने गरेको छ । केही समयअघि मात्र ब्वायफ्रेन्ड शिखर पहरियास“ग चुम्बन गरेको फोटोले सोसल मिडिया गर्माएको थियो ।

जाह्न्वीले यसै वर्ष बलिउड इन्ट्री गर्ने खबर छ । यसैका निम्ति उनले पूरा तयारी गरेकी छिन् र बोल्ड फोटोसुट समेत गराएकी छिन् । उनलाई करण जौहरले फिल्ममा ल्याउने बताइएको छ ।

त्यसो त उनलाई ‘गजनी’ र ‘होलिडे’ जस्ता हिन्दी फिल्म निर्माण गरिसकेका ए.आर.मुरुगदासले आफ्नो तेलुगु फिल्ममा लिन चाहेको हल्ला पनि बाहिर आएको थियो । यद्यपि भारु १ सय ५० करोडमा बन्ने यो फिल्ममा छोरीलाई खेलाउन श्रीदेवी राजी भइनन् ।

आर्यन खान
बलिउड बादशाह शाहरूख खानका छोरा अहिले १८ वर्षका जवान भैसकेका छन् । लन्डनस्थित एकै स्कुलमा पढ्ने क्रममा आर्यन सुपरस्टार अभिताभ बच्चनकी नातिनी नव्या नवोली नन्दस“ग अफेयरमा रहेको खबर छाएको थियो । दुवैको फोटो सोसल मिडियामा भाइरल समेत भएको थियो ।

यसैबीच आर्यनले उनै नव्यास“ग बलिउड डेब्यु गर्ने अड्कलबाजी हुने गरेको छ । तर एक अन्तर्वार्तामा करण जौहरले आर्यनको डेब्युमा आफ्नो ठुलो रोल हुने खुलाएका छन् । आफैले काखमा राखेर खेलाएको आर्यनलाई बलिउड डेब्यु गर्ने कुरा आफ्ना निम्ति समेत विशेष हुने उनले बताएका थिए ।
अर्कोतिर यशराज फिल्म्स्को ब्यानरमा बन्ने ‘धूम’कै कुनै शृङ्खलाबाट आर्यनले बलिउडमा इन्ट्री गर्ने हल्ला पनि छ ।

आहान सेट्टी
अभिनेता सुनील सेट्टीका छोरा आहान सेट्टीले यसै वर्ष बलिउड डेब्यु गर्ने पक्का भैसकेको छ । उनले साजिद नाडियावालाको फिल्मबाट इन्ट्री गर्दैछन् ।

उनको आगमनलाई लिएर बलिउड स्टार सलमान खानले समेत आफू निकै उत्साहित भएको बताएका थिए भने ‘बलिउडका अबको सुपरस्टार’ भन्दै करण जौहरले ट्विट गरेका थिए । आहान भने गाउन पनि उत्तिकै सौखिन छन् । उनी एक प्रसिद्ध सांगीतिक समूहमा समेत आबद्ध छन् ।

इशान खट्टर
सैफ अली खानकी छोरीस“गको रिलेसनसिपमा रहेका इशान खट्टर पनि यसै वर्ष बलिउड प्रवेश गर्ने सम्भावना छ । उनले मराठी सुपरहिट फिल्म ‘सौराट’को हिन्दी संस्करणमा खेल्ने पनि चर्चा छ ।
सौराट मराठी फिल्मको इतिहासमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म हो । नागराज मजुले निर्देशन गर्ने यो फिल्म अहिले पोस्ट प्रोडक्सनको क्रममा छ ।

आलिया अब्राहम
अभिनेत्री पूजा बेदीकी १८ वर्षीया छोरी आलिया अब्राहम अहिले लाइमलाइटमा छिन् । उनले बलिउड प्रवेश गर्ने इच्छा व्यक्त गरेकी छिन् । साथै इन्स्टाग्राममा आफ्नो ग्ल्यामरस फोटो समेत पोस्ट गरेकी छिन् । सन् १९९७ मा जन्मिएकी आलिया सोसल मिडियामा हट फोटो सेयर गरेर चर्चामा आउने गरेकी छिन् ।

रोहन मेहरा
विनोद मेहराका छोरा रोहन पनि बलिउड डेब्यु गर्दैछन् । रोहनका लागि निखिल आडवाणीले आफ्नो ब्यानरमा फिल्म निर्माण गर्ने भएका छन् ।

 

 

Logo