बलिउड स्टारको यौन रहस्य

बलिउड स्टारको यौन रहस्य

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ८ साउन, काठमाडौं ।

हालै दिएको एक अन्र्तवार्तामा ट्वींकल खन्नाले आफ्नो र अक्षयकुमारको यौन–सम्बन्धसँग जोडिएका केही खुलासा गरेकी छिन् । डेढ दशक यता अक्षयसँग दाम्पत्य जीवन बिताइरहेकी ट्वींकलले भनेकी छिन्, ‘यौन हरेक उमेरमा आवश्यक हुन्छ ।

अक्षयको जुन चिजले मलाई अकर्षित गथ्र्यो, त्यो समयसँगै बदलिएको छ ।’ ट्वींकलका साथै बलिउड नगरीका केहि सेलिब्रेटी छन्, जसले आफ्नो यौन जीवनको बारेमा खुलासा गरेका छन् । जस्तो कि, शाहिद कपुर । मीरा राजपूतसँग बिवाह गर्नुअघि करिना कपुरदेखि प्रियंका चोपडासँग मस्ती गरिसकेका यिनले एक कार्यक्रममा भनेका थिए, ‘यौनका लागि म अभिनय पनि छाड्न सक्छु ।’

त्यस्तै फ्लप अभिनेता उदय चोपडासँग ब्रेकअप भइसकेकी नरगिस फखरीले यौन– सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छिन् । उनले भनेकी छिन्, ‘रिलेसनसिपमा यौन एकदमै जरुरी हुन्छ । यदि सम्बन्धमा त्यो कमी हुन्छ भने, त्यो सम्बन्धलाई छाड्नुहोस् ।’ कन्डोम ब्रान्डको प्रवद्र्धन गर्ने रणवीर कपुरले एक अन्तर्वार्तामा भनेका थिए, ‘म आफुसँग जहिलेपनि कन्डोम राख्छु ।’

करण जौहरको च्याट शो, ‘कफी विद करन’को सिजन–४ मा बिद्या बालनलाई निम्त्याइएको थियो । उनले महिलाको यौन जीवनसँग जोडिएको केहि तथ्य सुनाइन् । ‘हामीलाई यौन त्यती नै मनपर्छ, जति यसको आवश्यक हुन्छ’ बिद्याले भनेकी थिइन् । प्रियंका चोपडा भने यौनको सन्दर्भमा उदासिन लाग्छ । उनले एक प्रसंगमा खुलाएकी थिइन्, ‘मलाई केवल बच्चा जन्माउन बाहेक अरु कुनै कामको लागि पुरुषलाई आफ्नो जिन्दगीमा अंगाल्न चाहन्न ।’ फिजिकल रिलेसन र इमोसनल अट्याचमेन्टको सम्बन्धमा दीपिका पादुकोणले एक अन्र्तवार्तामा भनिन्, ‘मेरो लागि केवल फिजिकल हुनु सेक्स होइन, यसमा इमोशन पनि जोडिएको हुनुपर्छ ।’

Logo